समाधी स्थलमा भएको घटनाप्रति नगरपालिकाद्वारा दुःख व्यक्त

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १७ बैशाख | झापाको मेचीनगर—६ स्थित मेचीनदी दक्षिणमा रहेको किराती जातीहरुको समाधी स्थलमा भएको घटनाप्रति मेचीनगर नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

घटनाका विषयमा तीनवटा जातीय संघ संगठनले मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाए लगत्तै शुक्रबार नगरप्रमुख विमल आचार्यले नगरपालिकाकातर्फबाट प्रेस विज्ञप्ती मार्फत धारणा सार्वजनिक गर्नुभएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो

नगरप्रमुख आचार्यद्वारा हस्ताक्षरीत विज्ञप्तीमा नगर कार्यपालिकाको जेसीवीबाट उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टा स्थापनाका लागि आवश्यक मर्मत तथा सम्भार जमनि मिलाउने क्रममा समाधि स्थलमा क्षति पुगेकोमो सम्बन्धमा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

मानवीय समवेदनासँग जोडिएको यस किसिमको संरचना भत्काउने, नष्ट गर्ने,कहि कतै नगरपालिकाको मनसाय नरहेको विज्ञप्तीमा उल्लेख छ । स्थानीय सरकार मेचीनगर नगरपालिका र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टासँगको समन्वयमा भएको कमिका कारण उक्त घटना भएको र यसको नैतिक जिम्मेवारी मेचीनगर नगरपालिकाले लिदैं र दुःख व्यक्त गरेको छ ।

आगामी दिनमा यस्ता प्रकृतिका कार्य हुन नदिने र नहुने भन्दैं नगरपालिकाले समाधिस्थलमा पुगेको क्षति सम्बन्धमा सम्बन्धितपक्षसँग छलफल गरेर समस्याको उचित समाधान खोज्न नगरपालिका प्रतिवद्घ रहेको नगर प्रमुख आचार्य आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.