मेचीनगरमा प्रथम उपमेयर कप टि ट्वाइन्टी महिला क्रिकेट प्रतियोगिता २०७७ शुरु

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, २५ फागुन | झापाको मेचीनगरमा बुधबारबाट प्रथम उपमेयर कप टि ट्वाइन्टी महिला क्रिकेट प्रतियोगिता २०७७ शुरु भएको छ । मेचीनगर नगरपालिकाको संयोजनमा मिलन क्रिकेट क्लब काँकरभिट्टाले प्रतियोगिता आयोजना गरेको हो ।

आयोजक संस्थाका अध्यक्ष वीरु श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन समारोहमा बोल्दैं प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकार खेलकुदक्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको खेलको विकास र प्रवद्र्घनमा स्थानीय सरकार लाग्ने बताउनुभयो । आगामी दिनमा यस्ता प्रतियोगिता सम्पन्न गर्न नगरपालिका सक्रियरुपमा लाग्ने र खेलाडीहरुको मनोवल उच्च बनाउन नगरपालिका दत्तचित्त भएर लाग्ने बताउनुभयो । उहाँले निर्णयकलाई बल व्याड प्रदान गदैं प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु, झापा क्रिकेट क्लबका अध्यक्ष प्रविन थापा, धुलावारी क्रिकेट क्लबका सञ्जीव शर्मा,काँकरभिट्टा बहुमुखी क्याम्पसका सहायक प्राध्यापक दुर्गाबहादुर लुइटेल, नेकपा एमालेका झापा जिल्ला कमिटी सदस्य देवकुमार राईलगायतले बोल्नुभएाके थियो ।

काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । आईतबार हुने प्रतियोगिताको फाइनल विजेताले शील्ड, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.