एकीकृत बौद्ध धर्म संरक्षण समितिमा दिलकुमार

A notice in Nepali from Mechinagar Ward No. 10

८ भदौ, मेचीनगर :  एकीकृत बौद्ध धर्म संरक्षण समिति काँकरभिट्टाको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् ।
मंगलबार काँकरभिट्टाको टाँसी छोलिङ गुम्बामा सम्पन्न साधारणबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा निङ्मा छिरिङ शेर्पा चुनिएका छन् ।
सदस्यमा किमा शेर्पा, सन्जय तामाङ, आशबहादुर गुरुङ, विमला तामाङ, रोमा थापा मगर छन् । यस्तै, सल्लाहकार समितिमा रामबहादुर तामाङ, सुवास गुरुङ, आङ्छेवाङ शेर्पा, विकास थापा मगर र ओपप्रकाश खापुङ छन् ।

समितिका अध्यक्ष जयप्रसाद तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय समितिका अध्यक्ष ओमप्रकाश खापुङ, नेपाल मगर संघ मेचीनगर अध्यक्ष विकास थापा मगर, नेपाल शेर्पा संघ झापा अध्यक्ष आङ्छेवाङ शेर्पा, नेपाल तामाङ घेदुङ संघ मेचीनगर अध्यक्ष रामबहादुर तामाङ, तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद मेचीनगर पूर्व अध्यक्ष नारायण गुरुङ, वरिष्ठ उपाध्यक्ष प्रकाश गुरुङलगायतले मन्तव्य राखेका थिए ।

समितिका रामबहादुर तामाङले कार्यक्रम सञ्चालन गरेका थिए । समितिको पहलमा दुई दशक अघि काँकरभिट्टाको मेची डाँडामा दाहसंस्कार स्थल निर्माण गरिएको थियो । समितिले उक्त स्थलमा २५ लाख रुपैयाँ खर्चेर दाहसंस्कारका लागि भौतिक संरचना निर्माण गरेको छ । समितिले बौद्ध धर्मावलम्बीहरुको संस्कृति संरक्षणमा योगदान पुर्याउँदै आएको अध्यक्ष दिलकुमार तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.