Monday, January 25, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह शिक्षा

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट

काँकरभिट्टा माध्यमिक विद्यालयमा तयारी पूरा

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
November 22, 2020
0
1 min read
in शिक्षा, स्थानीय समाचार
0
सेयर
36
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट

काँकरभिट्टा माध्यमिक विद्यालयबाट सञ्चालन हुने कक्षा १२ को परीक्षामा नियमित तर्फ १८७ जना र आंशिक तर्फ ७८ जना गरी जम्मा २६५ जना परीक्षार्थीहरु सहभागी हुँदैछन् । ९ मंसिरबाट सुरू हुने परीक्षाका लागि विद्यालयले १० कोठाको परीक्षा हल बनाएको छ । एउटा कोठामा बढीमा २० जना राख्न सकिने भए पनि सकेसम्म कम विद्यार्थी बस्ने गरी सिट निर्धारण गरिएको विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद निरौंलाले जानकारी दिनु भयो । परीक्षामा सहभागी विद्यार्थीले अनिवार्य मास्क लगाउनु पर्ने र विद्यालयले सावुन पानी र सेनिटाइजनर र ज्वरो नाप्ने थर्मलको व्यवस्था गरिएको वहाँ वताउनु हुन्छ । होम सेन्टरमा सञ्चालन हुने यस परीक्षामा संखुवासभा र सप्तरीका समेत २ जना विद्यार्थीहरु सहभागी हुने कुरा प्रधानाध्यापक निरौंला बताउनु हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष अनलाइन मार्फत विद्यालयहरुलाई प्रश्नपत्र उपलब्ध गराउने र प्रधानाध्यपकको अध्यक्षतामा अधिकार सम्पन्न परीक्षा सञ्चालन समिति गठन हुने कुरा जिल्ला शिक्षा अधिकारी राजकुमार विश्कर्माले वताउनु भयो । आफू झापामा भर्खर नयाँ आएको हुँदा झापामा भएका परीक्षा केन्द्र संख्या आफूलाई आधिकारिक जानकारी नआएको तर सबै विद्यालय नै परीक्षा केन्द्र रहने विकले जानकारी गराउनु भयो ।

यो पनि ….

परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सक्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेल बताउँछन् । कक्षा १२ को परीक्षाका लागि चार लाख ३३ हजार १८० विद्यार्थीले आवेदन दिएका छन् ।

१४ हजारले होम सेन्टरबाट परीक्षा नदिने

कोभिड(१९ का कारण विद्यालयमै परीक्षा दिने व्यवस्था मिलाइएको छ । देशभरी ४ हजार १०५ विद्यालय छन् । सम्बन्धित विद्यालयमै परीक्षा हुने भएकाले धेरै भिडभाड नहुने परीक्षा बोर्डका अध्यक्ष पौडेल बताउँछन् । उनी भन्छन्, ‘कतिपयले चार लाख विद्यार्थी एउटै परीक्षा केन्द्रमा जम्मा गर्न लागे जस्तो प्रचार गरेका छन्, वास्तविकता त्यस्तो होइन ।’

आफू अध्ययन गरेको विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

गत भदौमा बोर्डले कक्षा १२ का विद्यार्थीको विवरण संकलन गरेको थियो । देशभर १४ हजार विद्यार्थीले आफूले अध्ययन गरेको भन्दा फरक विद्यालयबाट परीक्षा दिन आवेदन दिएका छन् ।

कोरोना संक्रमितले परीक्षा नदिनु: बोर्ड

परीक्षा बोर्डले कोभिड(१९ संक्रमित विद्यार्थीलाई भने परीक्षामा नबस्न भनेको छ । ‘उनीहरूलाई संक्रमणमुक्त भएपछि परीक्षा दिने व्यवस्था मिलाएका छौं’, बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल भन्छन्, ‘लक्षण नभए पनि रिर्पोट पोजेटिभ छ भने परीक्षामा सहभागी नहुनु होला ।’

परीक्षाका बेला संक्रमित भए सरकारबाट मान्यता प्राप्त प्रयोगशालाको रिर्पोटको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिने अर्यालले जानकारी दिए ।

साढे एक घण्टा परीक्षा

पाठ्यक्रम केन्द्रले तोकेको विशिष्टीकरण तालिकालाई सङ्कुचन गरी परीक्षा सञ्चालन गर्न लागिएको हो । यसअनुसार विद्यालयहरूले ४० प्रतिशत अंकको परीक्षा सञ्चालन गर्न लागेका हुन् । सैद्धान्तिकतर्फको अङ्कभारलाई सत प्रतिशत मानी सोको ४० प्रतिशत कायम गरिएको बोर्डले जनाएको छ । परीक्षाको अधितम समय साढे एक घण्टा तोकिएको छ ।

४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ । बोर्डका अध्यक्ष पौडेलका अनुसार २०७६ वा त्यसभन्दा अघिको कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ पाएको विषयगत प्राप्तांकलाई १०० प्रतिशत मानी सोको ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने छ ।

विद्यालयबाट गरिएको आन्तरिक मूल्याङ्कनको अङ्कभार सैद्धान्तिकतर्फको कूल पूर्णाङ्कलाई १०० प्रतिशत मानी सोको २० प्रतिशत हुनेछ । गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, इकाई परीक्षा, सामूहिक कार्य, त्रैमासिक परीक्षा जस्ता मूल्याङ्कनका साधनहरूको प्रयोग गर्नुपर्नेछ ।

प्रयोगात्मकतर्फको नतिजा विद्यालयहरूले पठाइसकेका छन् ।

छैन हेल्थ डेस्क

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको विद्यार्थी मुल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधिमा स्थानीय तह र स्वास्थ्य संस्थाको सहयोगमा परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्न भनिएको छ । तर अधिकांश विद्यालयमा हेल्थ डेस्क स्थापना नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीले बताए ।

काठमाडौंकै सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क नबनेको ती अधिकारी बताउँछन् । एउटै वडामा दुई(तीन वटा विद्यालय भएको भन्दै पालिका र वडा कार्यालयहरू पन्छिने गरेका छन् । ललितपुरस्थित एक विद्यालयका प्रधानाध्यापक भन्छन्, ‘पटक पटक गुहार्यौं तर हेल्थ डेस्क बनाउन वडा कार्यालय तयार भएन ।’

पालिकालाई अनुगमनको जिम्मेवारी

विद्यालयहरूले गत ८ बैशाखका लागि निर्धारण भएको परीक्षा अहिले सञ्चालन गर्न लागेका हुन् । साधारण, प्राविधिक विषय समूहका नियमित, ग्रेडवृद्धि र आंशिक परीक्षा हुँदैछ ।

परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्रहरू तयार गरी विद्यालयहरुमा पाठाउँदै छ । परीक्षा अनुगमनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिइएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

कोरोनाका कारण कक्षा १२ को परीक्षा पनि एसईई जस्तै आन्तरिक मूल्यांकनबाट गर्नुपर्ने आवाज पनि उठेको थियो । तर विद्यालय तहको अन्तिम परीक्षा भएकाले परीक्षा नगरी प्रमाणपत्र दिन नमिल्ने सदस्य सचिव अर्यालले बताए । उनले भने, ‘देशविदेशका विश्वविद्यालयले मान्यता दिनुपर्ने भएकाले पनि १२ को परीक्षा सञ्चालन गर्न आवश्यक भयो ।’

अर्कोतिर भौतिक विज्ञान, रसायन विज्ञान, कम्प्युटर लगायतका प्राक्टिकल विषयका परीक्षा भर्चुअलबाट गर्न सम्भव देखिदैन ।

परीक्षार्थीको स्वास्थ्य विद्यालयको जिम्मा

कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने यकिन नभएको र शैक्षिक सत्र गुम्नै लागेपछि बाध्य भएर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्नुपरेको बोर्डका अधिकारीहरू बताउँछन् ।

जनस्वास्थ्यविद्हरू परीक्षा सञ्चालन नै हुने भएपछि अब परीक्षार्थीको स्वास्थ्यको जिम्मेवारी विद्यालयको काँधमा पुगेको बताउँछन् । सरुवारोग विशेषज्ञ डा. बाबुराम मरासिनी हावा खेल्ने परीक्षा हल, साबुन पानी, सेनीटाइजर, थर्मल गन, परीक्षा सामग्री आदीको व्यवस्था सम्बन्धित विद्यालय नै गर्नुपर्ने बताउँछन् ।

पानी खाने भाँडा, हाजिरी कपी, प्रश्नपत्र, उत्तरपुस्तिका, इरेजर, रुलर लगायतका सामग्री प्रयोगमा उच्च सावधानी अपाउन उनको सुझाव छ । परीक्षा हलभित्र कुनै पनि सामग्री एकअर्कालाई प्रयोग गर्न दिन नहुने उनी बताउँछन् ।

‘एउटा परीक्षार्थी र अर्को परीक्षार्थीबीचको दुरी कम्तिमा दुई मिटर हुनुपर्यो, परीक्षा अवधिभर मास्क खोल्न दिनु भएन’ डा मरासिनी भन्छन्, ‘विद्यार्थीको स्वास्थ्य विद्यालयकै हातमा छ ।’

0
सेयर
36
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

मेचीनगर नगरपालिकाका कर्मचारीको कोरोनाका कारण निधन

अर्को समाचार

ट्यामके भ्यू टावर बनाउने कुरामा महावीर पुनको विरोध

सम्बन्धित समाचारहरु

आज मुख्यमन्त्री शेरधन राई र माेडेल ज्याङ्मुकाे विवाह
स्थानीय समाचार

आज मुख्यमन्त्री शेरधन राई र माेडेल ज्याङ्मुकाे विवाह

मेरो मेचीनगर डेस्क
January 24, 2021
एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. केसी
मुख्य समाचार

एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. केसी

मेरो मेचीनगर डेस्क
January 24, 2021
कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु
मुख्य समाचार

कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

मेरो मेचीनगर डेस्क
January 24, 2021
कोरोना विमाको रकम प्राप्त गर्दै झापाका सञ्चारकर्मीहरु
समाज

कोरोना विमाको रकम प्राप्त गर्दै झापाका सञ्चारकर्मीहरु

मेरो मेचीनगर डेस्क
January 23, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव  काठमाडौँ आईपुग्यो
    झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव काठमाडौँ आईपुग्यो
  • घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
    घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
  • भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
    भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
  • अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
    अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
  • ५० कित्तासम्म माग गर्ने सबैले निफ्राको आइपीओ पाउने, बाँडफाँड कहिले ?
    ५० कित्तासम्म माग गर्ने सबैले निफ्राको आइपीओ पाउने, बाँडफाँड कहिले ?
अर्को समाचार

ट्यामके भ्यू टावर बनाउने कुरामा महावीर पुनको विरोध

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz