Monday, June 21, 2021
- बिज्ञापन -
गृह शिक्षामंसिर १४ गते आइतबारबाट मेचीनगरका सबै विद्यालयहरु सञ्चालनमा आउने : स्कुल बस...

मंसिर १४ गते आइतबारबाट मेचीनगरका सबै विद्यालयहरु सञ्चालनमा आउने : स्कुल बस समेत सञ्चालन गर्न पाइने

९ मंसिर २०७७, मेचीनगर नगरपालिकाका सबै विद्यालयहरु मंसिर १४ गते आइतबारबाट औंपचारिक रुपमा सञ्चालनमा आउने भएका छन् । कोरोना भइरसको विश्वव्यापी प्रभावले गर्दा विगत ९ महिना देखि बन्द रहेका विद्यालयहरुमा यस अघि वैकल्पिक शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने अनुमति दिइएकोमा आज सम्पन्न नगर शिक्षा समितिको वैठकले सरकारद्वारा जारी गरिएको विद्यालय सञ्चालन कार्य ढाँचा २०७७ ले तोकेको मापदण्ड पूरा गरी विद्यार्थीहरुलाई भौंतिकरुपमा नै विद्यालयमा उपस्थित गराएर कक्षा सञ्चालन गराउने निर्णय गरेको नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिनु भयो ।
मेरो मेचीनगरसँग कुरा गर्दै शिक्षा अधिकारी भण्डारीले भन्नु भयो –‘नगरका सबै विद्यालयले सरकारले तोकेको मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन गर्नुपर्छ ।’ नगरका सबै विद्यालयले आगामी शुक्रबार सम्ममा कक्षा सञ्चालन गर्ने ढाँचा नगर शिक्षा शाखामा प्रस्ताव गर्नुपर्ने कुरा वहाँले वताउनु भयो । स्वास्थ्य मापदण्ड अनुसार मास्क, हातधुने साबुन पानीको व्यवस्था, सेनिटाइजर, थर्मलगनबाट ज्वरो मापन गर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने भण्डारीले बताउनु भयो । स्वास्थ्य मापदण्ड पुरा गरी स्कुल बस समेत सञ्चालन गर्न सकिने कुरा वहाँले बताउनु भयो ।


एनप्याबसन मेचीनगरका अध्यक्ष भगिरथ राईले सरकारले जारी गरेको विद्यालय सञ्चालन ढाँचा र नगर शिक्षा समितिको निर्णयको स्वागत गर्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी आफूहरु विद्यालय सञ्चालन गर्न तयार रहेको बताउनु भयो । वहाँले आफ्नो संगठनमा आबद्ध १६ वटै विद्यालयहरु सञ्चालन हुने बताउनु भयो ।
त्यसैगरी प्याबसन मेचीनगर अध्यक्ष डम्बर रुचालका अनुसार नगरका सम्पूर्ण संस्थगत विद्यालयहरु सकारले तोकेको मापदण्ड पुरा गरी सञ्चालन हुने बताउनु हुन्छ । वहाँले प्यबसनमा आवद्ध ३९ वटै विद्यालयहरु सञ्चालनमा आउने बताउनु भयो ।

शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौंडेलका अनुसार शिक्षा मत्रालयले जारी गरेको विद्यालय सञ्चालन ढाँचा २०७७ अनुसार २० वटा इण्डिकेटर बमोजिम विद्यालय सञ्चालन मोडालिटी स्वमूल्यांकनका आधारमा तयार गरी नगर शिक्षा शाखामा बुझाइ सकेपछि सबै सामुदायिक विद्यालयहरु समेत नियमित सञ्चालन हुने बताउनु भयो ।

पूर्व स्रोत व्यक्ति एवं नगर शिक्षा शाखाका कर्मचारी लोकबहादुर दाहालका अनुसार मेचीनगरमा सामुदायिक, संस्थागत, गुरुकुल र मदरसा गरी जम्मा १०३ वटा विद्यालयहरु रहेका छन् ।

सरकारले जारी गरेको विद्यालय सञ्चालन ढाँचा २०७७ ले निम्म विकल्पहरु प्रस्तुत गरेको छ :
१. सबै कक्षा र विद्यार्थीलाई कक्षा सञ्चालन गर्ने,
२. अलग अलग समय (सिफ्ट) अलग अलग कक्षा वा तह सञ्चालन गर्ने,
३. विद्यालय खुल्ने तथा कक्षा सञ्चलानको अवधी÷घण्टी छोट्याउने ।
४. अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थी पहिले (जोखिम र सहजतालाई हेरी) कक्षा शुरु गर्ने,
५. कुनै दिन केही कक्षा र कुनै दिन वाँकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने ।
६. कक्षाका केही विद्यार्थीहरु कुनै दिन वा सिफ्ट वाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा सञ्चालन हुने गरी पालैपाले कक्षा सञ्चालन गर्ने,
७. हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन गर्ने ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु