नकलबन्दा सहकारी संस्थाकाे १३ औं वार्षिक साधारण सभा सम्पन्न

  १०२ वर्षीय जेष्ठ नागरिक अधिकारी सम्मानित

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा । झापा मेचीनगर -५  नकलबन्दास्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाकाे १३ औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ ।

सहकारी संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा रु. ६ लाख ४३ हजार ६ सय ५७ रुपैयाँ खुद नाफा गरेको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच संस्था करिब ६ लाख ४५ हजार  कमाउन सफल भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका संचालक समितिका सदस्य तथा कमर्सियल एग्रिकल्चर अलाइन्सका अध्यक्ष दुर्गा प्रसाद सापकोटाले कोरोनाको त्रासका बीच पनि सहकारीले सबै वित्तीय सूचकमा उल्लेख्य प्रगति गर्न सकेको भन्दै संस्थाको प्रशंसा गर्नुभएको थियो ।

 

संस्थाका अध्यक्ष होमराज गुरुङले  प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन अनुसार आर्थिक वर्ष  २०७६/ ०७७ को अन्त्यसम्ममा संस्थाले रु.६  लाख ४३ हजार ६  सय ५७  रुपैयाँ खुद नाफा गरेको , निक्षेप रु .२ करोड ७७  लाख २४  हजार ८ सय सङ्कलन गरेको छ भने कुल शेयर पूजी रु. ४५ लाख १  हजार ९ सय रहेको प्रतिवेदनमा उल्लेख छ । सो कार्यक्रममा लेखा सुपरीवेक्षण संयोजक डम्बरबहादुर मगरले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ५ का अध्यक्ष योगेन्द्र थापामगर , महेन्द्रद्वार सहकारी संचालक समितिका सदस्य सुन्दरी श्रेष्ठ , मेची कृषक सहकारीका अध्यक्ष हरिबहादुर बुडाथोकी, बिन्ति  बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडिया, काँकरभिट्टा साकोसका अध्यक्ष भूपाल शिवाकोटी र मेची मासु उत्पादक तथा उपभोक्ता सहकारीका अध्यक्ष भगिरथ राई गायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रममा उत्कृष्ट कर्मचारी तर्फ टङ्क बहादुर राई, कृष्ण बहादुर राई, उत्कृष्ट बचतकर्ता तर्फ  बिमला मैनाली, विश्वदीप राजवंशी, राधा धमला, उत्कृष्ट ऋणी तर्फ होम प्रसाद चौलागाई, लक्ष्मी माया राई, बालबचत तर्फ सम्झना राई, जेष्ठ नागरिक  १०२ वर्षीय वीर बहादुर अधिकारी र गीता करुवालाई  प्रमुख अतिथि सापकोटाले  खादा तथा सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

संस्थाका कार्यकारी सदस्य कुमारी निरौलाको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन कार्य समिति सचिव  केशर प्रसाद तिम्सिनाले  गर्नुभएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.