शी लिड्स नेपाल : तेस्रो चरणको कार्यक्रम समापन

A notice in Nepali from Mechinagar Ward No. 10

७ असार, मेचीनगर : शी लिड्स नेपाल : महिला नेतृत्व कार्यक्रम प्रारम्भिक प्रशिक्षण मोडयुल तेस्रो चरणको विहिबार समापन भएको छ । यसअघि पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न भइसकेको छ ।

इन्टरनेशनल फाउण्डेश्न फर इलेक्ट्रोरल सिष्टम्स् (आईएफईएस) को प्राविधिक सहयोग तथा अष्ट्रेलियाली सरकारको वैदेशिक मामिला तथा व्यापार विभाग र स्वीस सरकार विकास सहयोग एसडीसीको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालद्वारा सञ्चालित शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत तेस्रो चरणको प्रारम्भिक प्रशिक्षण मोडयुलजेठ ३२ बाट काँकरभिट्टामा शुरु भएको थियो ।

महिला नेतृत्व विकास कार्यक्रम (शी लिड्स) अन्तर्गत मेचीनगर नगरपालिकाका १५ वटै वडाका निर्वाचित दलित महिला वडा सदस्य र महिला सदस्य गरि जम्मा २८ जना तेस्रो मोडयूल तालिममा सहभागी थिए ।

सहभागि सवैलाई मुख्यः प्रशिक्षक सोमराज ढकाल र पुनम मण्डलले सहजीकरण गर्नुभएको थियो । महिला नेतृत्व विकासका लागि जनप्रतिनिधिहरुको भूमिका र उनीहरुको जिम्वेवारी तथा सिमाहरुको वारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । विकास , द्धेशपूर्ण अभिब्यक्ति र दुस्प्रचार , पत्रकार सँगको अन्तरक्रिया , जनप्रतिनिधको विधायकी भूमिकालगायतका विषमा तालिम केन्द्रित थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरउप्रमुख मीना पोखरेल उप्रेतीले यस कार्यक्रमले महिला नेतृत्व विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका वताउँदै , अहिले पनि महिलालाई सहज रुपमा नेतृत्वमा आउन अनेकन कठिनाइ रहेकाले अबका दिनमा ती कठिनाइहरुलाई चीर्दै अगाडी वढ्नुको विकल्प नरहेको वताउनु भयो ।

उपप्रमुख उप्रेतीले यो कार्यक्रम अति प्रभावकारी भएपनि योजना निर्माणको निकट समय भएकाले आफ्ना वडा सँग सम्वन्धित कार्यक्रमहरुमा पर्याप्त छलफल छुट्न जाने भएकाले आगामी दिनमा जेठ महिना भित्रै सक्ने गरि कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नु भएको थियो ।

कार्यक्रमको समापनमा सहभागी मेचीनगर नगरकार्यपालिका सदस्य रीता परियार वडा सदस्य सुष्मा कार्की डोली र लीला दर्नालले यस कार्यक्रमवाट आफ्ना काम कर्तब्य , अधिकार र सिमाहरुको वारेमा जानकारी प्राप्त भएको र यस्ता कार्यक्रमहरु निरन्तर रुपमा हुन आवश्यक रहेको वताउनुभयो ।

कार्यक्रममा दलित महिला केन्द्र नेपाल कोशी प्रदेश एम.एन.इ अफिसर तेजिलाल लामाले झापाका ८ पालिकामा कार्यक्रम सञ्चालनमा रहेको र मेचीनगर नगरपालिकाका महिला जनप्रतिनिधहरुले अत्यन्तै सक्रियतापूर्वक तालिममा सहभागी भइ ज्ञान आर्जन गरेको प्रति खुशी ब्यक्त गर्दै भोलीका दिनमा समेत यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

मेचीनगर नगरपालिका वडानम्बर १५ का वडा सदस्य फुलकुमारी राजवंशीको अध्यक्षतामा भएको समापन समारोहमा शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत सम्पन्न दोस्रो चरणको प्रारम्भिक प्रशिक्षणका तीनवटा मोडयुलहरुमा सहभागीहरुलाई प्रमुख अतिथि उपप्रमुख उप्रेतीले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.