नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड धुलावारी माविकाे कब्जामा : २६ स्वर्णसहित ४६ पदक उचाल्याे

A notice in Nepali from Mechinagar Ward No. 10

५ पुस, बाहुनडाँगी: साविक विजेता झापाकाे धुलावारी माध्यमिक विद्यालय मेचीनगरले पाँचाै मेचीनगर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड आफ्नाे कब्जामा पारेकाे छ । उस्ले २६ स्वर्णसहित ४६ पदक जितेकाे छ ।

लगातार तेस्राे पटक मेचीनगर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गदैं शिल्ड आफ्नाे कब्जामा पारेकाे हाे ।

झापाकाे मेचीनगर नगरपालिका -२ बाहुनडाँगीस्थित मेची जनसाधारण माध्यमिक विद्यालय परिसरमा पुस ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएकाे पाँचाै मेचीनगर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी ५४ वटा विद्यालयलाई पछि पादैँ धुलावारी मावि प्रथम बनेकाे थियाे ।

धुलावारी मावि २६ स्वर्ण, १२ रजत र ८ काश्यगरि कुल ४६ वटा पदकसहित प्रथम भएकाे थियाे । यसैगरी, १३ स्वर्ण , ८ रजत र १३ काश्यगरी कुल ३४ पदक प्राप्त गदैं बालसुबाेधिनी माध्यमिक विद्यालय मेचीनगर १४ दुहागढी दाेस्राे तथा ४ स्वर्ण , ४ रजत र ४ काश्यसहित कुल १२ पदक प्राप्त गरी काँकडभिट्टा माध्यमिक विद्यालय मेचीनगर – ६ काँकडभिट्टा तेस्राे भयाे ।

प्रतियोगिता समापन समाराेहका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेख्रेल उप्रेती, विशिष्ट अतिथि मेचीनगर नगरपालिका वडा नम्बर -२ का वडाध्यक्ष दीपक वराल, मेचीनगर शिक्षा शाखा प्रमुख उपसचिव हाेमनाथ भण्डारी , नगरपालिकाका कार्यपालिका सदस्य एवम् सामाजिक विकाश समिति संयाेजक हृदय राजवंशी , वडा नम्वर २ का वडा सदस्य हरिनारायण न्याैपानेलगायतले संयुक्तरूपमा विभिन्न विधाका विजयी विद्यार्थीलाई शिल्ड, ट्रफी, मेडलसहित प्रमाण पत्र प्रदान गर्नुभयाे ।

प्रतियोगितामा मेचीनगरका ५४ वटा विद्यालय सहभागी थिए । जिल्ला खेलकुद विकास समिति झापाकाे संयाेजन, मेची जनसाधारण माध्यमिक विद्यालय मेचीनगर -२ काे व्यवस्थापन र मेचीनगर नगरपालिकाकाे आयाेजनामा प्रतियोगिता समापन भएकाे हाे ।

प्रतियोगितामा छनाैट विभिन्न विधाका ११० खेलाडीले जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा सहभागी जनाउने छन । त्यसपछि प्रदेश र केन्द्रीय स्तरीय खेलकुद प्रतियोगितामा सहभागी जनाउने मेची जनसाधारण माविका प्रधानध्यापक चन्द्रशेखर गुरागाईँले जानकारी दिनुभयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.