चट्याङका कारण झापामा दुईजना मनिस घाइते, एउटा चौपाया मर्यो

२९ जेठ, मेचीनगर : बुधबार साँझ हावाहुरीसहित परेको चट्याङका कारण झापाका अलग अलग स्थानमा दुईजना मनिस घाइते भएका छन् भने एउटा चौपाया मरेको छ । घाईते हुनेमा एक महिला र अर्का पुरुष रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साँझ साढे ६ बजेतिर परेको चट्याङका कारण शिवसताक्षी नगरपालिका —७ टेक्रा बस्ने ४४ बर्षीया डम्बरकुमारी भुजेल र बुद्धशान्ति गाउँपालिका —४ सट्टाभर्ना बस्ने ६० वर्षीय पुण्य पौडेल घाइते भएका हुन् ।

भुजेलको मुख सामान्य जलेको र स्वास्थ्य अवस्था सामान्य रहेको, आफ्नै गाईगोठमा काम गर्ने क्रममा चट्याङ लागेर पौडेलको आँखा र दाहिने हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भुजेललाई उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको र पौडेललाई विर्तामोडस्थित विर्तासिटी अस्पताल पुर्याइएको प्रहरीले जानकारी दिएको छ । चट्याङका कारण भुजेलको घर नजिकै रहेको गोठमा बाँधि राखेको एउटा गाई मरेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.