ब्राउन सुगर सहित २ जना पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा , ८ जेठ÷ झापाको मेचीनगर–६ स्थित बद्री टोलबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय सुमन दनुवार र दमक–५ की २१ बर्षीया समिता राई रहेका छन् ।
शुक्रबार दिउसो १ बजे लागूऔषध ब्राउन सुगर खरिद बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचानाको आधारमा सीमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.