मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, ५ फागुन | झापाको झापा गाउँपालिकामा मंगलबार साँझ सातबजेतिर मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार झापा गाउँपालिकामा—७ स्थित कानोमाई खोलाको पुलमा पश्चिमबाट पूर्व आउदैं गरेको को १३ प ९०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाईकल चालक झापा गाउँपालिकामा — ६ शरणामतिका २२ वर्षीय सनम तामाङको मृत्यु भएको हो ।

तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । घटनाका बारेमा जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर घटनास्थल सुरक्षित राखेको साथै मुचुल्कालगायत अन्य सम्पूर्ण कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटि गई दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्यहरु भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.