प्रथम अध्यक्षकप, फराकीलो नतिजा निकाल्दै एपिएफ पकली सेमिफाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

२६ फागुन, कमल : प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा एपिएफ पकली सेमिफाइनल प्रवेश गरेको छ । बिहिबार भएको खेलमा एपिएफ पकलिले धनकुटा फुटबल क्लब विरुद्ध ५–० को फराकिलो नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।
खेलको १७ औं मिनेटमा एपिएफका तपन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा खेलको नतिजा १–० रहेको थियो । दोस्रो हाफको ३ औं मिनेटमा एपिएफका रोमन भुजेलले गोल गर्दै नतिजा दोब्बर बनाएका थिए । धनकुटा माथि लगातार हावि देखिएको एपिएफले खेलको ५२औ. मिनेटमा तपन कार्की, ५४औं मिनेटमा रोमन भुजेल, खेलको ८१औं मिनेटमा शैलेन्द्र राईले गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच एपिएफका रोमन भुजेल भए । उनले नगद २ हजार ५ सय रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको क्वार्टर फाइनल खेल चारतारे फुटबल क्लब मोरङ र रेडहर्ष फुटबल क्लब इलामबीच हुने खेल संयोजक तेजकुमार राईले बताए ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेडहर्ष फुटबल क्लब इलाम, एपिएफ पकली सुनसरी, र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहेको छ ।
प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको अर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् ।
प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.