डेढ वर्षपछि खुल्यो विराटनगरको मुख्य नाका

A notice in Nepali from Mechinagar Ward No. 10

२८ साउन, विराटनगर :  डेढ वर्षपछि विराटनगरस्थित रानी नाका खुलेको छ । २०७६ चैतदेखि बन्द भएको नाका बुधबारदेखि आंशिक रुपमा खुला भएको हो।

मुख्या नाका बन्द हुँदा चोरी बाटोबाट स्वास्थ्य मापदण्ड पालना नगरी आवतजावत गर्ने क्रम बढेपछि मुख्य नाका खुला गरिएको हो। मुख्य नाका आसपासबाट स्वास्थ्य मापदण्ड पालना नगरी आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम धेरै हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गराएर मुख्य नाकाबाटै आवगमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले भने, ‘मुख्य नाका सुनसान हुने तर आसपासबाट अवैध रुपमा स्वास्थ्य मापदण्डसमेत ख्याल नगरी आवतजावत हुने क्रम बढेपछि मुख्य नाका नै खुला गरिएको हो । मुख्य नाकाबाट आवतजावत गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।’

मुख्य नाका बन्द भएपछि सर्वसाधारणहरु रानी नाकाको छेउछाउको चोर बाटोबाट ओहोरदोहोर गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले अवैध बाटो प्रयोग गरी ओहोरदोहोर रोक्न सर्वसाधारणका लागि मुख्य नाका आंशिक खुला गरेको हो । विराटनगरको दरैयाबस्ती, इस्लामपुर, मटेरुवालगायतको नाका चोरी तस्करीका लागि प्रयोग हुँदै आएको थियो । कोरोनाको महामारी फैलिएर मुख्य नाका बन्द भएपछि सबैले यिनै चोर बाटोहरु प्रयोग गर्दै आएका थिए।

पैदल यात्रीका लागि आवतजावत गर्न मुख्य नाका खुला गरिए पनि सवारीसाधन भने अझै पनि रोक लगाइएको मोरङ प्रशासनले जनाएको छ ।  अन्तर्राष्ट्रिय सीमा बन्द यथावतै रहे पनि विराटनगरस्थित मुख्य नाका मात्रै आंशिक रुपमा खुला गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले स्पष्ट पारेको छ ।

सरकारले जारी गरेको लकडाउनदेखि नै मुख्य नाकामा स्वास्थ्य परीक्षण र एन्टिजेन परीक्षण गरिँदै आएको छ । पैदल यात्रीहरुका लागि नाका खुला गरिएसँगै विराटनगर रानीस्थित भन्सार कार्यालय पनि खुला गरिएको छ।  मुख्य नाका बन्द भएपछि दैनिक हजारौंको संख्यामा चोर बाटो प्रयोग गर्दै भारतको जोगबनीमा किनमेल गर्न जाने गरेका थिए । यस्तै भारतबाट पनि नेपाल प्रवेश गर्नेहरुले यिनी चोरबाटको प्रयोग गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.