विश्व पर्यटन दिवसका अवसरमा विविध कार्यक्रम : कोभिडले थला परेको पर्यटन व्यवसाय चलायनमान बनाउँन जोड

A notice in Nepali from Mechinagar Ward No. 10

११ असोज, काँकरभिट्टा : सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस ‘पर्यटनको लागि पुनर्विचार’ ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ मेचीनगरमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँएको छ । पर्यटन कार्यालय काँकरभिट्टाले विभिन्न संघ संस्थाको सहयोगमा आयोजना गरेको कार्यक्रममा प्रभातफेरी आयोजना गरिएको थियो । विभिन्न पर्यटन क्षेत्रका संस्था प्रभातफेरीमा सहभागी थिए ।

कार्यालयकाबाट लाखे नाँच धामीक्राँक्रीसहित निस्केको र्यालीले काँकरभिट्टा बजारको परिक्रमा पश्चात सोही ठाउँमा आइपुगेर सभामा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले काँकरभिट्टा नाका निक्कै सम्वेदनशील भएरकाले यो नाका भएर प्रवेश गर्ने पर्यटकलाई विभिन्न व्यवसायीहरुले राम्रो व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको पूर्वीद्वारबाट नेपाल प्रवेश गरेको पर्यटकले शुरुमा उ माथि जस्तो व्यवहार गर्यो उस्ले अन्त्यसम्म यस्तै हो कि भनेर सोच्ने गर्ने भएकाले उनीहरुमाथि गर्ने व्यवहार पर्यटकमैत्री हुनुपर्ने बताउनुभयो ।

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित धेरै योजना स्थानीय सरकारले अघि सारेको उहाँको भनाई थियो । कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउनेतर्फ सबैपक्ष लाग्नुपर्ने नगरप्रमुख बुढाथोकीको भनाई थियो ।

नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) १ नम्बर प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रकृति, साहसिक र सांस्कृतिको आधारमा नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । कोभिडपछिको पर्यटन पुनरुत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र व्यवसायीबीचको साझेदारितालाई फराकिलो बनाएर पर्यटन विकास गर्न दिवसले प्रोत्साहन गर्ने उहाँको भनाई थियो । १ नम्बर प्रदेश पर्यटनको हिसाबले धेरै सम्भावना बोकेको ठाँउ भएको भन्दैं उहाँले स्थलमार्ग भएर आउने सबैभन्दा बढी पर्यटक काँकरभिट्टा हुँदै नेपाल भित्रिने बताउनभुयो । अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रको चाँडो पुनरुत्थान गर्न योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने भन्दै पर्यटन चलायमान भएको सन्देश दिन दिवस सान्दर्भिक हुने धारणा राख्नुभयो । वहाँले नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) प्रदेश नम्बर १ ले हाल सम्म पर्यटन विकासका लागि सञ्चालन गरेका विभन्न कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सबैभन्दा बढी पर्यटक भित्रियाउन के कस्ता योजना बनाउन सकिन्छ त्यसतर्फ सबै लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । कोभिडपछि अहिले पर्यटन क्षेत्र पुनरुत्थानको लयमा रहेको छ ।

पर्यटकीय गतिविधि बढेका छन् । विदेशी पर्यटक आगमन पनि सुधारोन्मुख रहेको व्यवसायीहरुको भनाई छ । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकका रूपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि २७ सेप्टेम्बरकाका दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।

कार्यक्रममा मेचीनगर वडानम्बर ४ का वडा अध्यक्ष एवम् पर्यटन अभियन्ता अर्जुनकुमार कार्की, मेची उद्योग वाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना,
मेची अभियानका संयोजक एवम् मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमिया, पूर्व मेची बस व्यवसायी संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, चरा संरक्षणका अभियन्ता एवम् फोटो पत्रकार देवेन खरेललगायतले बोल्नुभएको थियो । पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख प्रभात भट्टराईको सभापतिको आसनबाट कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सबैमा स्वागत गर्नुभयो । कार्यालयका सूचना अधिकृत निरोज कट्टेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.