हुप्सेकोटमा छोरी जन्मिए बैंक खातामा पाँच हजार

A notice in Nepali from Mechinagar Ward No. 10

१८ मङ्सिर, मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ ।

गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।

गाउँपालिकाले आर्थिक वर्षदेखि २०७८/७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् ।

गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताइन् ।

छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुनेछन् । कार्यक्रम लागू गरिएपछि अहिलेसम्म २४ जना नवजात छोरीहरुको बैंक खातामा रकम जम्मा गरिदिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।

‘बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भबिष्यका लागि वचत गर्ने बानीको विकास हुनुका साथै भबिष्यमा अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ’, गाउँपालिका अध्यक्ष पाण्डेले भनिन्, ‘समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताका विकास गर्नुका साथै भु्रण हत्या रोक्नका लागि पनि यो अभियान शुरु गरिएको हो ।’ गाउँपालिकाभित्रका स्वास्थ्य केन्द्र वा सरकारी अस्पतालमा जन्मिएका छोरीका नाममा खाता खोल्न पाइने कार्यविधिमा उल्लेख छ ।

गाउँपालिकाले एकल महिलाको साथमा स्थानीय सरकार भन्ने नाराको कार्यान्वयन गरी एकल महिलाको संरक्षण साथै सीप विकास एवं स्वरोजगारका कार्यकमहरु सञ्चालनमा ल्याएको छ । एकल महिला, वैदेशिक रोजगारबाट फिर्ता भएका, आर्थिक रुपमा कमजोर महिलालाई लक्षित रोजगार कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

गृहिणी महिलाको शारीरिक एवं मानसिक स्वास्थ्यमा सुधार गर्न गृहिणी स्वास्थ्य सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताइन् ।(अनलाइनखबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.