महाकाली नदी किनारामा भारतले बनाइरहेको संरचनाको काम रोक्ने सहमति

A notice in Nepali from Mechinagar Ward No. 10

२१ मंसिर, धनगढी : दार्चुलामा महाकाली नदीको किनारमा भारतले एकतर्फी रुपमा गरिरहेको तटबन्धको काम रोक्ने सहमति भएको छ ।

बुधबार भारतको धार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा विवादित क्षेत्रमा तत्काल काम रोक्ने सैद्धान्तिक सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

‘विवादित ठाउँमा काम रोकेर अघि बढ्ने, भारतीय पक्षले निर्माण गरेका तथा प्राकृतिक रुपमा थुप्रिएका सामग्रीहरु हटाएर नेपालतर्फ भएर बगिरहेको पानीको बहावलाई बीच भागमा पार्ने गरी १० दिनभित्र काम गर्ने सहमति भएको छ,’ प्रजिअ उपाध्यायले अनलाइनखबरसँग भने, ‘सो क्रममा प्राकृतिक रुपमा जम्मा भएका नदीजन्य वस्तु, अस्थायी रुपमा हालिएका ग्याविन तारजाली र तटबन्ध भारतले हटाउने कुरा भएको छ ।’

विवाद नभएका क्षेत्रमा भने भारतीय पक्षले काम यथावत राख्ने छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्याय, सशस्त्र प्रहरी प्रमुख एसपी डम्बर विष्ट, नेपाल प्रहरीका प्रमुख डीएसपी तर्कराज पाण्डे लगायतका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा बैठक भएको हो ।

बैठकमा भारतको पिथौरागढका डिएम लगायतका सुरक्षा अधिकारीको सहभागिता थियो ।

भारतले सदरमुकाम नजिकैको बाङ्गाबगड क्षेत्रमा महाकाली नदीको बहाव नेपालतर्फ फर्काएर एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्न थालेपछि विवाद भएको थियो ।

निर्माणको काम रोक्न माग गर्दै स्थानीयबासिन्दाले प्रदर्शन समेत गरेका थिए । जिल्ला प्रशासन कार्यालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारतलाई काम रोक्न माग गर्दै कुटनीतिक नोट समेत पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.