जबराविरुद्धको महाअभियोग प्रस्ताव जीवितै छ : सञ्चारमन्त्री कार्की

A notice in Nepali from Mechinagar Ward No. 10

२१ मंसिर, काठमाडौँ : सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महा अभियोग प्रस्ताव जीवितै रहेको बताउनुभएको छ। बुधबार मङ्सिर २० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँगको साक्षात्कारमा मन्त्री कार्कीले यस्तो बताउनुभएको हो।

मन्त्री कार्कीले भन्नुभयो, ‘‘प्रतिनिधि सभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेस भएको छ। त्यो अर्को प्रतिनिधि सभामा छलफल हुने हो, त्यो विषय जीवितै छ। यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो। यसको छलफल आउने प्रतिनिधि सभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ।’’

मन्त्री कार्कीले आगामी प्रतिनिधि सभामा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.