१ पौंष, मेचीनगर : झापाको मेचीनगरमा भइरहेको अन्तर मा.वि. फूटबलमा इष्ट होराइजन मा.वि. धुलाबारी फाइनलमा प्रवेश गरेको छ। काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा भइरहेका मेचीनगर स्तरीय अन्तर मा.वि. फूटबलको आज भएको खेलमा इष्ट होराइजनले काँकरभिट्टा मा.वि.लाई २–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा ठाउँ पक्का गरेको छ ।
इष्ट होराइजन मा.वि.का लागि खेलको ३१ औं मिनटमा प्रेजिन खड्काले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ४२ औं मिनेटमा इष्ट होराइजनकै सार्थक वस्नेतले थप १ गोल गर्दै अग्रतालाई दोब्बर पार्न सफल भएका थिए ।
त्यस्तै आजै भएको अर्को क्वाटर फाइनल खेलमा गंगा मेमोरियल मा.वि. नकलबन्दाले डिफेण्डिङ्ग च्याम्पियन अरुणोदय आवासीय मा.वि.लाई १–० गोल अन्तरले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ । खेलको ४३ औं मिनेटमा अरुणोदय आवासीय मा.वि.का जर्सी नम्बर ११ का सुजन बेस्राले गंगा मेमोरियलका खेलाडीलाई डिबक्स एरियामा फल्ड खेलेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गंगा मेमोरियलका स्मिथ राईले आफ्नो टिमलाई सेमी फाइनलको यात्रा तय गराएका छन् । दोस्रो खेलको म्यान अफ दि म्याच गंगा मेमोरियलका साहिल धिमाललाई प्रदान गरिएको छ ।