जनचाहनाअनुसार काम गर्न सकिएन: मुख्यमन्त्री राई

A notice in Nepali from Mechinagar Ward No. 10

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहल गर्दागर्दै पनि जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै राईले प्रदेश सरकारले जनअपेक्षाअनुसार नतिजा दिन नसकेको स्वीकार गरे ।

मुख्यमन्त्री राईले असुविधा र हतारबाट बनेको प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई अत्यन्त महत्व दिएको दाबी गर्दै बजेटको सीमितताले सञ्चार क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । प्रदेश सरकारले पत्रकार महासङ्घको भौतिक विकासका लागि प्रत्येक जिल्लामा भवन निर्माण गर्न बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए ।

सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजनीतिक तथा सामाजिक परिवर्तनमा नेपाली पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताए । यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले श्रमजीवी पत्रकारका हक, हित र अधिकारका लागि प्रदेश सरकार सदैव तयार रहेको स्पष्ट पारे ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारको पेशागत सुरक्षा हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकारहरू सञ्जीव खनाल, विक्रम लुइँटेल, तीर्थ सिग्देल, अविजाल विष्ट, विनोद घिमिरे, सन्तवीर लामा, एकवाल अहमद र नेपाल उद्योग परिसङ्घ प्रदेशका संयोजक भीम घिमिरेको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.