सपथग्रहणमा राष्ट्रिय पोशाक लगाउन एमालेको निर्देशन

A notice in Nepali from Mechinagar Ward No. 10

७ पौंष, काठमाडौँ : नेकपा एमालेले प्रनिनिधिसभाका सांसदलाई शपथग्रहण समारोहमा राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको छ।

एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीकासबै सांसदलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

एमालेले यही पुस ५ गते संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो।

नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिट प्राप्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.