प्रधानमन्त्रीको निर्देशन-‘परराष्ट्रको जानकारीबिना विदेशी भेटघाट नगर्नुस्’

A notice in Nepali from Mechinagar Ward No. 10

१९ पौंष, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र मन्त्रालयको जानकारी बेगर कुनै पनि विदेशी र कूटनीतिक नियोगका पदाधिकारीहरुसँग भेटघाट नगर्ने सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन् । दुई दिनसम्म चलेको सचिव बैठकमा मंगलबार निर्देशन दिँदै प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र यस्ता भेटघाट गर्ने पाउने उल्लेख गरे ।

उनले भेटघाटसँग सम्बन्धित कूटनीतिक आचारसंहिता समेत बनाउन निर्देशन दिएका छन् ।

‘नेपालका सरकारी पदाधिकारीहरुले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कूटनीतिक भेटघाट गर्ने र परराष्ट्र मन्त्रालयले यस सम्बन्धि आचारसंहिता तयार गर्नुहोला’ प्रधानमन्त्री दाहालले लिखित निर्देशन दिँदै भनेका छन् । उनले मित्रराष्ट्रहरुसँग असंलग्नताको सिद्धान्तमा केन्द्रित रहेर आर्थिक कूटनीति अबलम्बन गर्ने निर्देशन दिएका छन् ।

‘सरकारले छिमेकी लगायत सबै मित्रराष्ट्रहरुसँग असंलग्नताको सिद्धान्तमा रहेर सन्तुलित र सुमधुर सम्बन्ध राख्ने छ। हाम्रो सम्बन्ध सबैसँग मित्रता कसैसँग छैन शत्रुता नै हो । यही नीति अनुसरण र अवलम्वन गर्दै आर्थिक कूटनीति र अन्तराष्ट्रिय समुदायको सहयोगमा द्विपक्षीय र बहुपक्षीय विकास सहायता परिचालन गर्नुहोस्’ प्रधानमन्त्री दाहालले भने ।

‘काम छोडेर गोष्ठीमा सेमिनारमा जान बन्द गर्नुस्’

प्रधानमन्त्री दाहालले कार्यलय सममा काम छोडेर अनावश्यक सभा सम्मेलन, गोष्ठी, सेमिनार, प्रशिक्षण दिने, जस्ता कार्यमा नजाने निर्देशन दिएका छन् । ‘सहभागी नभई नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रममा मन्त्रालयको सम्वन्धित विषयको एक जनामात्र सहभागी हुने, मन्त्रालयको आधिकारिक धारणा लिएर जाने र फर्केपछि प्रतिवेदन लिने/दिने व्यवस्था मिलाउनुहोस्’ प्रधानमन्त्री दाहालले सचिवहरुलाई भने,’कार्यालयको समय पालना र कर्मचारी उपस्थिति, सेवाप्रवाह र सेवाग्राहीप्रतिको ब्यवहार लगायतका कार्यालय संचालन र व्यवस्थापनको अनुगमन र निरीक्षण गर्नुहोस् ।’

प्रधानमन्त्री दाहालले सेवा प्रवाहलाई सुलभ र सरल बनाउने तथा विकास निर्माणका कामलाई तीव्रता दिने काममा समस्या नीतिगत हो वा संस्थागत हो अथवा समस्या कार्यान्वयनमा हो वा प्रक्रियामा हो त्यो पहिचान गर्न भनेका छन् । ‘समस्या प्रवृत्तिमा हो वा व्यवस्थापनमा हो हामीले खुट्याउनैपर्छ । अब सेवा प्रवाहलाई सहज बनाउन र विकासको गतिलाई तीब्र बनाउन नयाँ कानुन बनाउने वा कार्यकारी आदेश वा कानुन संशोधन के गर्नुपर्ने हो अथवा प्रकृयामा सुधार हो वा प्रवृत्तिमा तथ्यहरूमा टेकेर सुधारका लागि तत्काल काम थाल्नुहोस्’ दाहालले भनेका छन् ।

नीतिगत समस्या समाधानको जिम्मा आफूले लिने दाहालले उल्लेख गरे । ‘तर नतिजामुखी कार्यसम्पादन भने तपाईंहरूले गर्नुपर्नेछ । अब कार्यतालिका बनाएर कार्य सम्पादन सूचकसहित नतिजामुखी कार्य फर्छ्यौटमा जुट्नुहोस् । काम भएन भने कोही न कोही त जिम्मेवार बन्नैपर्छ’ प्रधानमन्त्री दाहालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.