उपसभामुखको निर्वाचन शनिबार

A notice in Nepali from Mechinagar Ward No. 10

५ माघ, काठमाडौँ : प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त जानकारी गराउनुभएको हो ।

उपसभामुखको निर्वाचनका लागि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यसूचीमा शुक्रबार १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने उल्लेख छ ।

उक्त समयमा प्रतिनिधि सभाका सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता सचिवालयले जनाएको छ ।

त्यस्तै, सोही दिन अपराह्न ४ बजेर १५ मिनेटमा उम्मेदवारको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने छ ।

उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा  प्रारम्भ हुने  प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.