रास्वपाले नै गृहमन्त्री पाउँछ : अध्यक्ष ओली

A notice in Nepali from Mechinagar Ward No. 10

१९ माघ, विराटनगर :  एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति अनुसार गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीबाटै हुने बताएका छन् । अहिले कुनैपनि कारणले सरकार संकटमा नपर्ने उनको भनाइ थियो ।

विराटनगरमा बिहीबार पत्रकारसँगको कुराकानीमा उनले पूर्वसहमति अनुसार रास्वपालाई गृहमन्त्री नदिए विवाद हुनु स्वभाविक हुने तर त्यस्तो अवस्था नभएको बताए । ‘रास्वपाले कसलाई गृहमन्त्रीमा पठाउँछ त्यो त्यही पार्टीको काम हो,’ उनले भने, ‘रास्वपाले रवि लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरूलाई के को टाउको दुखाइ ।’

यस्तै, पूर्वसहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार सत्तापक्षको एमालेबाटै हुने बताए । उनले कांग्रेसमा राजनीतिक संस्कार नभएको आरोप लगाए । उनले कांग्रेसलाई गृह राज्यमन्त्री दिँदा पनि सरकारमा आउने आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.