नगरस्तरीय अनुगमन टाेलीले सातवटा याेजनाकाे अनुगमन

A notice in Nepali from Mechinagar Ward No. 10

२७ माघ, मेचीनगर :  मेचीनगर नगरपालिकाकाे नगर स्तरीय अनुगमन टाेलीले नगरकाे वडा नम्वर ७ का विभिन्न याेजनाकाे अनुगमन गरेकाे छ । नगरस्तरीय अनुगमन टाेलीकाे संयाेजक एवम् नगर उपप्रमुख मीना पाेखरेल उप्रेतीकाे नेतृत्वमा वडा पुगेकाे अनुगमन टाेलीले विद्यालयसहित ७ वटा याेजनाकाे अनुगमन गरेकाे थियाे । टाेलीले नगर बजेटबाट निर्माण सम्पन्न भईसकेका र निमार्ण भईरहेका याेजनाकाे अनुगमन गरेकाे उपप्रमुखकाे सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार टाेलीले निमार्ण भईरहेकाे अरनिकाे माध्यमिक विद्यालयकाे भवनसहित ड्रेन,सडकलगायतका याेजनाकाे अनुगमन गरेकाे थियाे । गाैचरण प्लम निर्माण , गाेकुलमार्ग पश्चिम प्लम तथ ड्रेन निर्माण , ग्याविन तारजाली १४ वटा , करूणा वस्ती प्लम निर्माण ५० प्रतिशत लागत सहभागिता र इटाभट्टा पश्चिम आनन्द टाेलबाट नगरपालिका जाने वाटाे ईन्टरलकसहितकाे याेजनाकाे अनुगमन गरिएकाे सचिवालयले जनाएकाे छ ।अहिलेसम्मकाे काम सन्ताेषजनक रहेकाे र कुनै पनि याेजनाकाे गुणस्तरमा ध्यान दिन उपप्रमुख उप्रेतीले प्राविधिक र सम्बन्धित पक्षलाई निर्देशन दिनुभयाे । सवै याेजना सम्झौता अनुसारकाे समयमै सम्पन्न गर्न समेत उहाँले उपभोक्ता समिति तथा याेजनाकाे साईड ईञ्चार्जहरूलाई निर्देशन दिनुभयाे । अनुगमन टाेलीमा पूर्वाधार विकास समिति संयाेजक चित्रकुमार धिमाल, याेजना अधिकृत ईश्वरकुमार भट्टराईसहित प्रविधिक सव ईञ्जिनियर विशाल राजवंशी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.