परराष्ट्रमन्त्री डा. पौड्याल जेनेभा जाँदै

A notice in Nepali from Mechinagar Ward No. 10

१५ फागुन, काठमाडौँ : परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन आजै जेनेभा जाँदैछिन् ।

मन्त्रालयद्वारा आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी गराइएको हो । बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरूको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौडेलले बताइन् । नेपाल सो परिषद्को सदस्य राष्ट्र हो ।

सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तर्राष्ट्रिय समूदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्विपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रुपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौडेलको भनाई छ ।

उनले भनिन्, ‘हाम्रो उपस्थिति अत्यन्तै महत्वपूर्ण हुनेछ । हामीले यस क्षेत्रमा राम्रो काम पनि गरेका छौं । हामीले राम्रो तयारी गरेका छौं । विशेष गरेर मानव अधिकारको क्षेत्रमा नेपाललाई राम्रै मानिन्छ । मानव अधिकारको क्षेत्रमा राम्रो प्रगति गरेको देशभित्रै पर्छौं हामी । त्यो कामलाई हामीले विश्वसामु चिनाउनुपर्ने हुन्छ । देखाउनु पर्छ । त्यसका निम्ति पनि हाम्रो उपस्थिति जरुरी छ । र, हामी त्यहाँ गएर राम्रो अभ्यास पनि दर्शाउँछौं । द्विपक्षीय र बहुपक्षीय सम्बन्ध बिस्तारको विषयमा पनि छलफल हुन्छ ।’

मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.