बुद्ध एयरले पोखरा–भद्रपुर उडान गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१४ फागुन, काठमाडौँ : निजी क्षेत्रको अग्रणी हवाई कम्पनी बुद्ध एयरले पोखरालाई पूर्वी गन्तव्यसम्म हवाई माध्यममार्फत जोड्ने तयारी थालेको छ। त्यसका लागि आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी थालेको छ।

पोखरा–भद्रपुर उडानले पश्चिम बंगाल हुँदै भित्रिने भारतीय पर्यटक र नेपालको पूर्वी भेगबाट पोखरासम्म आउजाउ गर्ने आन्तरिक पर्यटकलाई सहज हुने बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले बताए। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन बिसान हुने गरि बुद्धले कम्तीमा चार वटा जहाज पोखरामा राख्दैछ। तिनै जहाजबाट विभिन्न गन्तव्यसम्म उडान गर्ने तयारी थालेको कर्णले बताए।

कर्णका अनुसार पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ। भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने उनले बताए। ‘हामीले कम्तीमा चार वटा जहाजको पोखरामा रात्रिकालीन बिसान गर्दैछौ, त्यही अनुसार बेलुकी बसेको जहाज बिहानै भद्रपुरका लागि उड्नेछ,’ उनले भने, ‘यसले पर्यटकलाई पोखरासम्म आउजाउ गर्न सहज हुनेछ। त्यस्तै व्यावसायिक कामकाजले आउजाउ गर्ने व्यवसायीलाई पनि यो सेवाले सहज बनाउनेछ।’

अहिले भद्रपुरसम्म हवाईजहाजबाट आउजाउ गर्नुपर्दा काठमाडौं हुँदै यात्रा गर्नुपर्छ। त्यसले गर्दा दुई पटक उडान गर्नुपर्नेमा अब त्यो बाध्यता हट्ने उनले बताए। ‘सिधा उडानले नेपालको पश्चिम क्षेत्रलाई पूर्वी भेगसम्म जोड्नेछ। त्यसको सबैभन्दा बढी लाभ पर्यटनमा पुग्नेछ,’ उनले भने, ‘पर्यटनमा यो उडानले लाभ दिनेछ।’

अहिले पोखराबाट स्थल मार्गमार्फत भद्रपुर पुग्दा कम्तीमा १५ घण्टासम्म यात्रा गर्नुपर्छ । सिधा उडानले आन्तरिक गन्तव्य इलाम सहित भारतका दार्जिलिङ, सिक्किम सहितका गन्तव्यमा आउजाउ गर्न सहज हुनेछ। त्यस्तै काँकडभिट्टा नाकाबाट गरिने आर्थिक कारोबारलाई पनि सहज हुने उनले बताए।

कर्णका अनुसार बुद्ध एयरले मार्च ९ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सुरु गर्दैछ। पोखरामै रात्रि बिसान भएका जहाजलाई बिहानै विभिन्न गन्तव्यसम्म उडान गर्ने तयारी बुद्धको छ। बुद्धले अहिले पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगन्ज दैनिक उडान गरिरहेको छ अब भद्रपुर पनि सिधा उडानबाट पोखरा जोड्नेछ।

प्रवक्ता कर्णका अनुसार हाल पोखराबाट भरतपुर, भैरहवा र नेपालगन्ज बिहान र दिउँसोको समयमा मात्र उडान भएकोमा अब पोखराबाट बिहान जाने र बेलुकी पोखरामै फर्किने गरि उडान तालिका बनाएको कर्णले बताए। ‘बेलुकी पोखरामा बास बस्नेगरि विभिन्न गन्तव्यबाट जहाज पोखरा आउनेछन्,’ उनले भने, ‘हाल बिहान र दिउँसोको समयमा मात्र उडान भएका गन्तव्यको उडान तालिका केही परिवर्तन पनि हुन सक्नेछ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरेको बुद्धले बेलुकी ८ बजेसम्म सबै उडान गर्ने जनाएको छ। हाल बुद्धले सबैभन्दा बढी पोखरा–काठमाडौं रुटमा दिनमा १० वटासम्म उडान भरिरहेको छ। रात्रिकालीन उडान सुरु गरेसँगै पोखरा–काठमाडौं रुटमा पनि उडान थप्ने बुद्धको योजना रहेको छ। बुद्धले पोखरा–काठमाडौं रुटमा मात्र दिनमा कम्तीमा एक दर्जन उडान गर्ने योजना पनि बनाएको उनले बताए।

नागरिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.