काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बुढासुब्बा गोल्डकपको फाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

१७ फागुन, धरान : काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) धरानमा भइरहेको २३ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

धरान रंगशालामा जारी प्रतियोगितको पहिलो सेमिफाइनल खेलमा युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसीले फाइनलमा स्थान सुरक्षित गरेको हो। केएफटिसी पहिलो पटक धरानमा फाइनल प्रवेश गरेको हो।

यसअघिका संस्करणमा केएफटिसी पहिलो खेलबाटै बाहिरिँदै आएको थियो। जितसँगै केएफटिसीले नगद ५ लाख रूपैयाँ सुरक्षित गरेको छ। केएफटिसीको जितमा सुशील राई, निशान लिम्बु र विदेशी खेलाडी यामीले १/१ गोल गरे। युकेएफसीका हेमराज भुजेलले १ गोल फर्काए।

केएफटिसीले ४ संस्करणको विजेता नेपाली पुलिसलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। युकेएफसीले आयोजक धरान फुटबल क्लबलाई हराएर सेमिफाइनलमा पुगेको थियो।

केएफटिसीले अब उपाधिका लागि एभिनियर फुटबल क्लब क्यामरुन र एन्फा मोरङबीचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ। प्रतियोगितामा विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रूपैयाँ पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.