क्याम्पसले भन्याे ” आफ्नाे भाेगाधिकारकाे जग्गा एक चपरी अरूले पाउदैँन्”

स्थानीय सरकारलाई बुझायाे ज्ञापन पत्र

A notice in Nepali from Mechinagar Ward No. 10

२५ फागुन, मेचीनगर : काँकरभिट्टा बहुमुखी क्याम्पसकाे भाेगाधिकारमा रहेकाे जग्गा मेचीनगर नगरपालिकामार्फत क्याम्पसकाे नाममा दर्ता प्रक्रिया चलिरहेकाे बखत सामाजिक सञ्चालमा भानु साहित्यक प्रतिष्ठान समेतकाे नाममा क्याम्पसकाे भाेगाधिकारकाे जग्गा दर्ता प्रक्रिया अघि बडेकाे भन्दै स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएकाे छ ।

बिहीबार क्याम्पस सञ्चालक समिति अध्यक्ष कमल थापा नेतृत्वकाे क्याम्पसकाे टाेलीले स्थानीय सरकार मेचीनगर नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पाेखरेल उप्रेती र प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ भण्डारीलाई २ पृष्ठ लामाे ज्ञापन पत्र बुझाएकाे हाे ।

राष्ट्रिय आवास कम्पनिकाे कार्यालय, जिल्ला प्रशासन कार्यालय झापा, नेकपा एमाले मेचीनगर कमिटी, नेपाली काँग्रेस मेचीनगर समिति, नेकपा माओवादी केन्द्र मेचीनगर कमिटी , राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर कमिटी , राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर कमिटी , नेकपा एकिकृत समाजवादी पार्टी मेचीनगर कमिटी र जनता समाजवादी पार्टी मेचीनगर समितिलाई ज्ञापन पत्रकाे बाेदार्ध दिईएकाे छ ।
विगतमा काँकडभिट्टा क्षेत्रमा आदिकवि भानुभक्त आचार्यकाे पुर्णकदकाे शालिक बनाउने चर्चा चलेकाे र उपयुुक्त जमीन प्राप्त नभएकाे सन्दर्भमा क्याम्पस परिसरमा भानुभक्त आचार्यकाे शालिक निर्माण गर्न क्याम्पसकाे तर्फबाट सहमति जनाईएकाे विज्ञप्तिमा उल्लेख छ ।

केही समयपछि भानु साहित्यक प्रतिष्ठानकाे कार्यालय राख्न क्याम्पससँग काेठा माग भएकाेमा तत्काल क्याम्पससँग अतिरिक्त काेठा नभएका कारण क्याम्पसकाे भाेगाधिकार रहेक‌ै जग्गाकाे छेउमा भानु साहित्यक प्रतिष्ठान काे काेठा बनाउने र अस्थायीरूपमा प्रयाेग गर्ने र उक्त जग्गा स्वामित्वको अधिकार क्याम्पसमा नै रहने सहमति भएकाे जारी विज्ञप्तिमा भनिएकाे छ ।

मेचीनगरक्षेत्रमा विगत लामाे समयसम्म सरकारी जग्गाकाे रूपमा रहेकाे करिव ६२ विगाह जमीनकाे जिम्मा नेपाल सरकारले तत्कालिन ग्रामीण आवास कम्पनिलाई हस्तान्तरण गरिएकाेमा कम्पनीको अभिलेखमा हाल काँकरभिट्टा माध्यमिक विद्यालय र काँकरभिट्टा क्याम्पसले भाेगचलन गरिरहेकाे जग्गलाई “क्याम्पस कम स्कुल” भनेर अभिलेखिकरण गरिएकाे साथै मेचीनगर नगरपालिकाकाेतर्फबाट समेत उक्त जग्गामा क्याम्पसकाे भाेगाधिकार रहेकाे भनि पत्रचार समेत भईसकेकाे विज्ञप्तिमार्फत स्मरण गराईएकाे छ ।

याे घटनाले काँकरभिट्टा बहुमुखी क्याम्पस परिवार आक्राेसित, मर्माहत एवम् स्तब्ध भएकाे विज्ञप्तिमा उल्लेख छ । हाल क्याम्पसले निर्धारण गरि घेराबारा गरेकाे क्षेत्रभित्रकाे सम्पूर्ण जग्गा क्याम्पसकाे नाममा दर्ता प्रक्रिया अगाडी बढाउन विज्ञप्तीमार्फत माग गरिएकाे छ । उक्त जग्गा मध्ये पुरै आशिंक वा कुनै पनि खण्ड क्याम्पस बाहेक अन्य कसैकाे नाममा दर्ता गर्ने प्रक्रिया र कार्य क्याम्पस परिवारका लागि सह्य नहुने र यदि त्यसाे भएमा क्याम्पसकाे तर्फबाट जस्ताेसुकै दबाबमुलक कार्यक्रम सञ्चालन गर्न पछि नपर्ने व्यहाेरा उल्लेख गरिएकाे छ ।

क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले वाचन गर्नुभएकाे ज्ञापन पत्रमा हाल क्याम्पसमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेकाे उल्लेख छ । विद्यार्थीहरूका लागि आवश्यक भाैतिक संरचना र खेल मैदानलगायतका आवश्यकता जग्गा अभावका कारण पुरा गर्न नसकिएकाे भनिएकाे छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापा क्षेत्री र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीकाे हस्ताक्षर रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.