सन्दीपविरुद्ध लागेको बलात्कार आरोपको फैसला पेशी आज

A notice in Nepali from Mechinagar Ward No. 10

१३ चैत्र, काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोप सम्बन्धी मुद्दाको फैसलाका लागि सोमबार पेशी तोकिएको छ।
कुनै पक्षले स्थगित नगरेको अवस्थामा सुनुवाइको सम्भावना रहने छ। गत भदौमा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो।

त्यति बेला विदेशमा रहेका सन्दीप एक महिनापछि आफू फर्कने जानकारी दिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

सरकारी पक्ष सर्वोच्च अदालत पुगे पनि उच्च अदालतको आदेश सदर भएको थियो। यता आफूलाई विदेश जान लगाइएको रोक फुकुवा गर्न माग गर्दै सर्वोच्च पुगेका सन्दीपलाई सशर्त अनुमति दिइएको थियो।

सरकारी पक्षले पीडित नाबालिग रहेको र सन्दीपले जबरजस्ती करणी गरेको दाबी गर्दै आएका छन्। यता सन्दीपका कानुन व्यवसायीको तर्क जबरजस्ती करणी नभएको र पीडित भनिएकी युवती नाबालिग नरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.