“ॠण उठाउन एनआइसिया एसिया बैंकले कलाकार बिक्रम श्रीको घरमा खटायो सेक्युरिटी गार्ड “

A notice in Nepali from Mechinagar Ward No. 10

२३ चैत्र, इटहरी : समयमै ऋण नतिरेको भन्दै इटहरीको एनआइसिए एसिया बैङ्क शाखाले कलाकार बिक्रम श्री तिम्सिनाकाे घरमा नियमित सेक्युरिटी गार्ड पठाएर निगरानी बढाएको छ। बैङ्कले तिम्सिनाकाे घरमा ३५ दिने लिलामीको सूचना समेत टाँस गरेको छ । बिक्रम श्री विभिन्न पर्यटकीय क्षेत्र, पार्क र सरकारी कार्यलय परिसरमा मूर्ति, प्रतिमा, लोगो र डिजाइन गर्ने कलाकार हुन् । उनले कोशी प्रदेशको लोगो र मेचीनगर-६ काँकरभिट्टास्थित देवकोटा पार्कमा रहेको देवकोटाको सालिक समेत बनाएका थिए। कलाकार तिम्सिनाले बुधवार सामाजिक सञ्जालमा बैङ्कबाट ऋण लिएको र समयमै किस्ता नबुझाएको स्वीकार गरेका छन् । देश भित्रै आर्थिक मन्दी र काम गरेको पैसा नउठेपछि आफूले समयमै किस्ता बुझाउन नसकेको कलाकार तिम्सिनाले बताएका छन् । तर बैङ्कलाई सबै समस्या सुनाउँदा सुनाउँदै पनि एकै दिन एकै पटक ७ दिने लिलामको सूचना टाँस गरेपछि आफू विचलित र समस्यामा परेको सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । बैङ्कले झापाको दमकमा व्यवसायी दुर्गा प्रसाद कँडेलको घरमा पनि  नियमित सुरक्षा गार्ड राखेर मानसिक टर्चर दिएको बत्ताइएको छ । दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरको रेकि गर्ने गरेका थिए । ३ महिनादेखि बैङ्कको साँवा तथा ब्याज तिर्न नसकेका कँडेलले १ करोड ऋण लिएका छन् । हाल घरबाट गार्ड हटाइएको भए पनि बैङ्कले बारम्बार तनाव दिने गरेको उनले बताए । यस्तै २ वर्ष अघि मोरङको पथरीशनिस्चरेमा पनि एक व्यवसायीको घरमा ऋण नतिरेको भन्दै बैङ्कले सुरक्षा गार्ड पठाएर निगरानी गरेको थियाे ।

“यस्तो छ सामाजिक सञ्जालमा पोस्ट भएको बिक्रम श्रीको अभिव्यक्ति”

मेरो घर अगाडि उभिएको ड्युटी जवान “नेपाल प्रहरी” नभएर NIC Asia बैंकको सेक्युरिटी गार्ड रहेको जानकारी गराउदछु। केही व्यक्तिहरुले “विक्रमश्री”लाई घरमै ताला लगाएर नजरबन्द गरि प्रहरीले ड्युटी गरिरहेको” भन्ने भ्रामक खवर बजारमा फैलाएको थाहाभयो, फैलाउने र बैंकलाई उक्साउने ब्यक्तिको पनि पहिचान भइसकेको जानकारी गराउदछु। १५ वर्षको ऋण अहिले ८ वर्ष रनिङ हो, नियमित किस्ता मध्य करिव तीन महिनाको किस्ता बुझाउन बाँकी रहेको हो। बैंकले सुरक्षा गार्डलाई आज चौथो दिन बाउण्ड्रीको मुल ढोकामा राखेको छ राखेको कारण भने थाहा छैन। समयमा किस्ता बुझाउन खोज्दा खोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु , भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरुका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीजस्ता कारणले गर्दा हामी जस्ता स्वावलम्वी सिर्जनशील सर्जकहरुले सजिलो गरि बैंकलाई किस्ता बुझाउन सकि रहेका छैनौं। बैंकले भने ऋणीमैत्री व्यवहार गरेकोछैन। आवस्यकता भन्दा बढी फोन गर्ने, भेट्ने हतारो गराउने गर्दै आएको बैंक ले एकै दिन एकै पटक सात दिने, ३५ दिने र घर लिलामगर्ने पत्रिकामा छाप्ने तीन पुस्ते तैयारीको सूचनाको पत्र सहित घर अगाडि मुल ढोकामा एक्कासि गार्ड राख्दा अनेकौं प्रश्न उब्जिएका छन। बैंकले मेरो सम्बन्ध राम्रो नरहेको आफन्तलाई प्रयोग गरेकोछ। मलाई कालो सुची गर्नु सुझाव दिने आफन्त र कर्मचारीको बारेमा पनि ध्यानाकर्षण भएकोछ म बाहिर ल्याउनेछु। NIC को ताकेताबारे ऋणिहरुलाई अवगतनैछ। धेरै जना कर्मचारीबाट एकै दिन धेरै कल आउनु, घर या कार्यक्षेत्रमा नै भेट गरि ताकेता गर्नु , भेट भएको रिपोर्ट भनी तस्वीर खिचेर लानु, प्रतिष्ठाको ख्याल नगरिनु, सहानुभूति भन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको वाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनु ले सबैलाई दुखित बनाएको छ, यसमा बैंकले आफ्नो स्लोगन ” बैंक पनि साथी पनि” सम्झनु पर्दछ। यस्तो विषम परिस्थितिमा ब्याज मात्र लिइ दिएर सहयोगगरे ऋणदाता प्रति धेरै सद्भाव बढ्ने थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.