तातोपानी नाका पूर्ण रूपमा सञ्चालन हुने

A notice in Nepali from Mechinagar Ward No. 10

तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि नेपाल–चीनका प्रतिनिधिहरुविच अन्तर सिमाना सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका विषयमा बैठक केन्द्रित रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनु भयो ।

वैशाख १८ गतेदेखि तातोपानी नाका पूर्ण रूपमा सञ्चालन हुने सन्दर्भमा बैठक भएको उहाँले बताउनु भयो । नाका सञ्चालनका लागि कोभिड प्रोटोकल पालना, सामान चेकजाँच क्वारेनटाइन सञ्चालन, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सुरक्षासँग सम्बन्धित सूचना आदान–प्रदान, नाका सञ्चालनका लागि आ–आफ्नो पक्षबाट भइरहेको तयारीबारे जानकारी, दुई देशबिचको समन्वय अझै प्रभावकारी बनाउने लगायतका विषयमा बैठकमा बृहत् छलफल भएको सिडिओ न्यौपानेले गोरखापत्रलाई बताउनु भएको छ ।

बैठकमा सिन्धुपाल्चोकका प्रजिअ न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख बाल नरसिंह राणा, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सुदिप अधिकारी, अध्यागमन, भन्सार कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, प्रतिनिधि र चीनका तर्फबाट चिफ अफिसर अफ न्यालम पिपुल गभरमेन्ट मिसेस झौ म जी, डाइरेक्टर अफ न्यालम एडमिनिस्टरटीभ कमिटी मिस्टर सी पेइ लगायतका सरकारी निकायका प्रमुख र प्रतिनिधि बैठकमा सहभागी थिए ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.