आजको मौसम यस्तो छ

A notice in Nepali from Mechinagar Ward No. 10

८ वैशाख, काठमाडौँ : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। ​

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

शुक्रवार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.