दुर्गा मा. वि. मा तीन दिने शिक्षक तालिम सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

८ वैशाख, बिर्तामोड : झापाको बिर्तामोड ९ गरामनी स्थित दुर्गा माध्यमिक विद्यालयले शिक्षकहरुका लागि तीन दिने तालिम तथा कार्यशालाको आयोजना गरी ४० जना शिक्षकहरुलाई तालिम प्रदान गरेको छ। आफ्नै विद्यालयमा कार्यशालाको आयोजना गरी विद्यालयका सम्पूर्ण शिक्षकहरुका साथै छिमेकी विद्यालयहरुबाट समेत शिक्षकहरुलाई सहभागी गराइएको थियो।

लामो समयदेखि सरकारी तहबाट तालिमको आयोजना नगरिएपछि शिक्षकहरुको कै माग बमोजिम विद्यालयले आफै तालिम तथा कार्यशालाको आयोजना गरेको हो। विगत केही वर्षदेखि पाठ्यक्रम तथा पाठ्यपुस्तक मा व्यापक परिवर्तन भएपनि स्थानीय तहबाट कुनै पनि किसिमको अभिमुखीकरण तथा तालिमको आयोजना नगर्दा शिक्षकहरुलाई पठनपाठनमा दुबिधा उत्पन्न भएको थियो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी भएर विभिन्न तालिम तथा गोष्ठीहरुको संचालन गरी आएका सोही विद्यालयका शिक्षक धर्मेन्द्र भट्टराईले तालिमको संयोजन तथा सहजीकरण गरेका थिए। तालिममा आधारभूत तहमा शिक्षण पद्धति नयाँ पाठ्यक्रमले तोकेका सैद्धान्तिक तथा व्यावहारिक पक्षहरू, शिक्षण पद्धति र प्रविधिको प्रयोगसम्बन्धी प्रशिक्षण गरिएको थियो। तालिम मा खेल बिधि र संगीत लाइ कक्षामा कसरी समायोजन गर्ने भन्ने विषयमा पनि सहजिकरण गरेका थिए।। तालिमलाई प्रशिक्षक धर्मेन्द्र भट्टराई र घनश्याम अधिकारी ले सहजिकरण गरेका थिए भने मनोज खडका र किरण बाबु भट्टराई ले गणित शिक्षण सम्बन्धी अनुभव साटासाट गरेका थिए।

तालिम पश्चात सहभागीहरुले तालिम सहयोगी र महत्वपूर्ण भएको बताएका थिए बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले तालिमको उद्घाटन गर्दै विद्यालयहरुले आफै तालिम तथा कार्यशालाको आयोजना गर्नु सराहनीय कार्य भएको बताउँदै अबको समयमा आफैले सिक्नु र सिकाउनु उत्तम तालिम भएको बताए। विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले शिक्षकहरूलाई शिक्षण कार्यमा सहयोग पुर्याउने उद्देश्यले कार्यशालाको आयोजना गरेको बताउँदै छिमेकी विद्यालयहरुलाई समेत सहभागी गराई लाभ लिने अवसर प्रदान गरिएको बताए। विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ सुवेदीले स्वागत गरेको कार्यक्रमलाई उच्चमावि इन्चार्ज उमानाथ भण्डारीले संचालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.