राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

A notice in Nepali from Mechinagar Ward No. 10

१३ वैशाख, काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको छ ।

भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार जारी रहेको जानकारी दिँदै राष्ट्रपतिको निजी सचिवालयले सो जानकारी दिएको हो ।

राष्ट्रपतिका प्रेस सचिव किरण पोखरेलले बुधबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्य अवस्था क्रमिकरुपले सुधारोन्मुख छ । उहाँको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकहरूले बताएका छन् ।’’

छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकहरूको सुझावअनुसार उहाँको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदा हुँदै पनि चिकित्सकहरूको टोली तथा सम्माननीय प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा उहाँ भारतमा उपचारका लागि जान तयार हुनुभएको हो । यो कुरा सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा नै बताइसक्नुभएको यथार्थलाई यहाँ स्मरण गराउन चाहन्छाै‌ँ।’’

‘‘नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्दति कानून, नियम र निश्चित विधिअनुसार हुने स्पष्ट हुँदा हुँदै पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्ने मनसायले केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’’ विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.