नीरा हत्यामा संलग्न विनोद विश्वकर्मा प्रहरीद्वारा सार्वजनिक

१७ वैशाख, काठमाडौँ : एक साताअघि काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको हत्या काण्डमा संलग्न भएको आरोपमा विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलनमार्फत विश्वकर्मालाई शनिबार राति १० बजे झापाबाट पक्राउ गरेको जानकारी दिएको हो।

विश्वकर्मा भक्तपुरको लोकन्थली वडा नम्बर १ मा साथीको कोठामा करिब एक हप्तादेखि बस्दै आएको र वैशाख ७ गते बिहान १०, ११ बजेतिर चाबहिल आएको अनुसन्धानमा खुलेको छ। त्यसपछि निरा पाण्डे आचार्यको पसलमा दिउँसो २ बजेतिर भाँडा किन्ने बहानामा पसल प्रवेश गरेको जनाइएको छ।

एटिएम कार्ड लिन भनी सामान त्यही राखेर बाहिर निस्केको र करिब २:४४ तिर पुनः प्रवेश गरेर भाँडा देखाउने क्रममा निरालाई पछाडिबाट प्रहार गरेको र पसलमा भएको छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.