डिजेल र मट्टीतेलको मूल्य घट्यो

A notice in Nepali from Mechinagar Ward No. 10

२ जेठ, काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्यमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० घटाएको छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ । मूल्य घटेसँगै डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ५५ कायम भएको छ ।

यसअघि डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ६५ थियो । पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर एक सय ६०, हवाई इन्धन (बाह्य)को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार आठ सय कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.