नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री र सचिवबीच पोल खोलाखोल

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सहभागी भएको भनी आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले सबै विषय कर्मचारीले तयार गर्ने भएकाले त्यस्तो प्रक्रियामा मन्त्रीको सहभागिता नरहेको भन्दै पन्छिएका छन्।

सरकारी वकिलका साथमा मंगलबार करिब ११ घन्टा बयानमा बसेका पूर्वगृहमन्त्री खाणले नेपाली नागरिकलाई भुटानी बनाउने प्रतिवेदन नयाँ बनाएको वा पैसा लिएको भनी आफूमाथि लागेका आरोपलाई पुरै अस्वीकार गर्दै गृह मन्त्रालयमा रहेका प्रतिवेदनहरूको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सरकारी कर्मचारीकै भएको बताएका थिए।

उनले सचिवस्तरबाट निर्णय भई आएका फाइल सदर गरेको र आफू कर्मचारीमाथि पूर्ण रूपमा विश्वस्त बनेको दाबी गरेको स्रोतको दाबी छ।

‘उहाँले हाम्रा प्रश्नको उत्तर दिँदा सचिवतिर देखाउनुभएको छ। खासगरी उहाँले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्नुभएको छ,’ स्रोतले भन्यो। अनुसन्धान अन्तिम अवस्थामा आइपुग्दा सो प्रकरणको मुद्दा बुझाउने चटारोमा रहेको प्रहरीले सोमबार र मंगलबार पूर्वगृहमन्त्री खाणसँग सरकारी वकिलसँगको रोहवरमा बयान लिएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीमाथि नीतिगत भ्रष्टाचार गरेको र अनधिकृत रूपमा आर्थिक लाभ लिएको आरोप लागेको छ। तर यी दुवैमा उनले अस्वीकार गरेको स्रोतले जनाएको छ। याे खबर नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.