रास्वपा मेचीनगर सभापतिमा गौतम चयन

A notice in Nepali from Mechinagar Ward No. 10

६ जेठ, धुलाबारी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगर समितिको सभापतिमा कमल गौतम सर्वसम्मत चयन भएका छन् ।

आज धुलाबारी स्थित अतिथि सदनको सभाहलमा सम्पन्न अधिवेशनले गौतमको नेतृत्वमा ११ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपसभापतिमा रञ्जु वस्नेत, सचिवमा सन्तोष राजबंशी र कोषाध्यक्षमा इन्द्रप्रसाद भण्डारी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा देवी पराजुली गुरागाई, शोभा विष्ट, गोविन्द सुन्दास, काजीमान विक, दिनेशकुमार गुप्ता र असमि दाहाल चयन भएको निवर्तमान मेचीनगर सभापति भीमबहादुर कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.