बझाङको हिमपहिरोमा एक जनाको शव भेटियो, दुई बेपत्ता

A notice in Nepali from Mechinagar Ward No. 10

७ जेठ, बझाङ : सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा आएको हिमपहिरोमा परेका एक जनाको शव फेला परेको छ । हिमपहिरोमा पुरिएको अवस्थामा सुर्मा गाउँपालिका ३, काँटै गाउँकी ४० वर्षीया रामकोइला बोहराको शव फेला परेको हो ।

यस्तै हिमपहिरोमा परेर उनका श्रीमान् ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका वडा नं ११, मयानाका १४ वर्षीय आकाश धामी घाइते भएको प्रहरीले जनाएको छ । हिमपहिरोमा मयाना गाउँकै १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए ।

आइतबार दिउँसो ११ बजेतिर आएको हिमपहिरोमा उनीहरु पुरिएका थिए । पहिरोमा परेकाहरुको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाइए पनि घटनास्थल पुग्न सकेको छैन । प्रहरी टोली भोलि सोमबारमात्रै घटनास्थल पुग्ने डीएसपी भण्डारीले बताए ।

घाइतेहरुलाई उपचारका लागि बोकेर सदरमुकाम चैनपुर ल्याउने काम भइरहेको र मृतकको शव पनि पोष्टमार्टमका लागि सदरमुकाम ल्याइँदै गरेको स्थानीयले बताएका छन् ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.