मौसम : अझै केही दिन गर्मी बढ्ने

A notice in Nepali from Mechinagar Ward No. 10

२० जेठ, काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने बताएको छ।

मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्नेछ।

हिजो काठमाडौ उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको थियो भने भैरहवा, सिमरा लगायका क्षेत्रहरूमा ४२ डिग्री तापक्रम मापन गरिएको थियो। गौरको अधिकतम तापक्रम झन्डै ४३ डिग्री मापन गरिएको मौसमविद् महर्जनले बताइन्।

हिजो सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भएको थियो। आज पनि ती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महर्जनले जानकारी दिएकी छन्।

पश्चिमी वायु र स्थानीय वायु कमजोर भएका कारण अन्य भूभागमा भने वर्षाको सम्भावना नरहेको उनले बताइन्।

काठमाडौं उपत्यकामा दिउँसो केहीबेर मौसम बदली हुने सम्भावना रहेको छ। शुक्रबार दिउँसो पनि केहीबेर मौसम बदली भइ तापक्रम घटेको थियो।

मौसमविद् महर्जनका अनुसार यसपालि मनसुन केही ढिला हुने देखिएको छ।

‘सामान्यतया जुन १३ देखि नेपालमा मनसुन भित्रन्छ, तर यसपालि केही ढिला हुने सम्भावना छ। मनसुन सक्रिय नभएकाले पनि गर्मी बढेको हो,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.