नेपाल स्काउटको सदस्य संख्या ७ लाख पुर्‍याइने

A notice in Nepali from Mechinagar Ward No. 10

२५ जेठ, काठमाडौँ : नेपाल स्काउटको सदस्य संख्या सन् २०३२ सम्ममा सात लाख पुर्‍याइने भएको छ । काठमाडौंमा आयोजित राष्ट्रिय प्रशिक्षकहरुको भेलामा स्काउटको संख्या ७ लाख पुर्‍याउने महत्वकांक्षी लक्ष्य पेश गरिएको थियो । नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य एवम् राष्ट्रिय प्रशिक्षक शिवबहादुर भण्डारीले सदस्यता बृद्धि सम्बन्धी अवधारण प्रस्तुत गर्नुभएको थियो ।
मानव कल्याण र सेवामा समर्पित विशुद्ध गैर राजनीतिक स्वयम्सेवी सस्थाको रुपमा रहेको स्काउट सदस्यता वृद्धिमा राष्ट्रिय प्रशिक्षकहरुको महत्वपूर्ण भूमिका हुने नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताउनु भयो ।

स्काउटको सदस्यता वृद्धिको महत्वपूर्ण लक्ष्य प्राप्तिको लागि गुणस्तरीय स्काउट लिडरहरु उत्पादन गर्नुपर्ने नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.