काठमाडौं महानगरद्वारा सबै भारतीय चलचित्रमा रोक

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं महानगरपालिकाले सम्पूर्ण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । महानगरपालिकाले भोलिदेखि आफ्नो कार्य क्षेत्रभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको जानकारी दिएको छ ।

चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउन तीन दिन पहिले आग्रह गर्दा पनि अटेर गरेपछि सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय गरिएको मेयर बालेन साहले बताए ।

उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको उल्लेख गर्दै उनले सो विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी दिएकोबारे उनले स्मरणसमेत गराएका छन् ।

हाल नेपाली हलहरुमा प्रदर्शन भइरहेको उक्त चलचित्रले नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार गरेको उनको ठहर छ । सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै उनले राष्ट्रहित विपरीतका चलचित्रलाई काठमाडौं महानगरपालिकाभित्र प्रदर्शन गर्न नदिने जनाएका छन् ।

उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.