वनएक्स बेटका मास्टर एजेन्ट दिनेश खड्काले यसरी गरेका थिए ६४ करोड बढीको कारोबार

A notice in Nepali from Mechinagar Ward No. 10

२१ असार, काठमाडौँ : अवैध अनलाइन सट्टेबाजीको ‘मास्टर एजेन्ट’ दिनेश खड्काले सट्टेबाजी लगाउन र क्रिप्टोकरेन्सी ट्रेड गर्न दुई जना व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुलेको छ । जेठ ३० गते पक्राउ परेका खड्कामाथि अनुसन्धान गर्दा यस्तो तथ्य फेला पारेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार खड्काले आफ्नै वरिपरिका दुई जना चौधरी थर भएका पीडितलाई विभिन्न प्रलोभनमा पारेर उनीहरूका कागजात लिएका थिए ।

दुई जनाको कागजात लगेर खड्काले अवैध कारोबार गर्न उनीहरूको नाममा ४२ ओटा बैंक तथा डिजिटल वालेटका अकाउन्ट बनाए । त्यसमध्ये एउटाको नाममा खोलिएका बैंक अकाउन्टबाट ३१ करोड ३२ लाख ६४ हजार २५२ रुपैयाँ कारोबार भएको देखिएको छ भने अर्को अकाउन्टबाट ३१ करोड पाँच लाख ९१ हजार २२६ रुपैयाँको कारोबार भएको प्रहरीले जनाएको छ ।

“सोझा मान्छेहरूलाई झुक्क्याएर उनीहरूको कागजात प्रयोग गरी बैंक अकाउन्ट खोलेर अवैध कारोबार भएको देखियो,” एसपी रेग्मीले भने, “पीडितले खड्का विरुद्ध बैंकिङ कसूरको जाहेरी दिएपछि आवश्यक कारवाहीका लागि मंगलबार पीडितहरूबाट सक्कल कागजात सङ्कलन गरी जिल्ला प्रहरी परिसर टेकु पठाएका छौं ।”

आईपीएल क्रिकेटलाई लक्षित गर्दै नेपालमा पनि अवैध सट्टेबाजीमा मानिसहरू सक्रिय हुने भन्दै प्रहरीले आन्तरिक रूपमा अनुसन्धान गरिरहेको थियो । अनुसन्धानकै क्रममा नेपालका लागि वनएक्स बेटका ३४ जना सक्रिय एजेन्टहरू देखिए ।

त्यसमा पनि एकै व्यक्तिले औसतमा सात-आठ ओटा व्यक्तिको भूमिकामा रहेर एजेन्टको काम गरिरहेको पाइयो । यसबाट अन्तिममा काठमाडौंका विभिन्न ठाउँबाट एजेन्टका रूपमा सक्रिय पाँच जना पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये २९ वर्षीय दिनेश खड्का एक्लैले ६४ करोड बढीको कारोबार गरेको देखिएको थियो । त्यसको केही दिनमै कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले अवैध वनएक्सबेटको प्रचार गर्ने आठ जना युट्युबर तथा कलाकार पक्राउ गरेको थियो । अहिले उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए ।

टेकपानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.