पेन्सनबापतको रकम किन पठाइएन खातामा ?

A notice in Nepali from Mechinagar Ward No. 10

२५ असार, काठमाडौँ : सेवानिवृत्त कर्मचारीहरूको निवृत्तिभरण (पेन्सन)बापतको रकम सरकारले समयमा नपठाएको गुनासा सुनिन थालेको छ ।

आवश्यक रकम सरकारले विनियोजन नगरेकाले समयमा पेन्सनबापतको रकम भुक्तानी नभएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले जानकारी दिए । हाललाई थप रकम अर्थ मन्त्रालयबाट विनियोजन गरिएकाले मंगलबार (भोलि)सम्म सबैको खातामा पेन्सनबापतको रकम पठाउने गरी काम भइरहेको उनले बताए ।

“चालु आर्थिक वर्षमा आवश्यक पर्ने रकम विनियोजन नहुँदा आर्थिक वर्षको अन्त्यमा पेन्सनबापतको रकम समयमा जान सकेन,” उनले बाह्रखरीसित भने, “सरकारले थप रकम निकासा गरिदिएकाले मंगलबारसम्म सबैको पेन्सनबापतको रकम पठाउने गरी काम भइरहेको छ ।”

पूर्वअर्थसचिव रामेश्वर खनालले यसै विषयलाई लक्षित गर्दै चालु आर्थिक वर्षमा ३८ प्रतिशत न्यून बजेट विनियोजन गरिएको भन्दै यसले वित्तीय असन्तुलनको बीजारोण गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “हिसाब गरेर ठिक्क पुग्ने रकम बजेट विनियोजन गर्न सकिने निवृत्तिभरणमा समेत ३८ प्रतिशत न्यून विनियोजन । वित्तीय असन्तुलनको बीजारोपण चालु वर्षको बजेटमा जानाजान गरिएको प्रमाण हो यो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.