कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा फैसला आज

A notice in Nepali from Mechinagar Ward No. 10

१० साउन, काठमाडौँ : कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथिको फैसला बिहीवार आउने भएको छ।

सर्वोच्च अदालतमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ सकेको थियो। तर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ।

सुनुवाइ सकिएको र बिहीबार अन्तिम आदेश नै गर्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा हालै बनेको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्ने भएकाले फैसला महत्त्वपूर्ण मानिएको छ।

मुख्यमन्त्री नियुक्ति प्रक्रिया संवैधानिक भएको भन्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न र लिखित जवाफ पेश गर्न आदेश गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.