रोटरी क्लब अफ काँकरभिट्टाद्वारा पोषणयुक्त खानेकुरा वितरण : पोषणमा गरिने लगानीले दीर्घकालीन प्रतिफल दिने

A notice in Nepali from Mechinagar Ward No. 10

१४ साउन, मेचीनगर : पोषण तत्वहरूको कमी हुनासाथ बालबालिकाहरुमा अनेक समस्या आउने भएकाले सानै उमेरमा पोषणयुक्त खानेकुरा दिनुपर्ने आइतबार झापाको मेचीनगरमा आयोजित एक कार्यक्रमहरुका सहभागीहरुले बताएका छन् । अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले आयोजना गरेको पोषणयुक्त खानेकुरा वितरणमा सहभागीहरुले विशेष गरि बालबालिकाको शुरूवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरू, उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने विचार राखेका थिए ।

बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको र राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्ने,समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न सामर्थ हुने सहभागीहरुको भनाई थियो ।

पोषक तत्वहरूको कमी हुनासाथ बालबालिकाहरुमा अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्ने जस्ता समस्याहरू आउँने लगायतका समस्या देखिने बताईएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुर पोषण स्थापना केन्द्रका प्रवन्धक गंगा लिम्बूले सहजीकरण गरेको कार्यक्रममा बालबालिकामा कुपोषणको रोकथामका विषयमा समेत चर्चा गरिएको थियो ।

प्रवन्धक लिम्बूले हामीलाई बाँच्नको लागि खानाको आवश्यकता पर्ने र खानामा पाईने तत्वहरूलाई पोषक तत्व भनिने बताउँनुभयो । खानाले शरीरका आन्तरिक तथा बाहिरी अङ्गहरूलाई दैनिक कार्य गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ । बालबालिकाको विकासात्मक चरण अनुरुप आवश्यक पोषक तत्त्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिने उहाँले स्पष्टरुपमा जानकारी गराउनुभयो ।

मेचीनगर नगरपालिका वडानम्बर —५ का वडाध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५ वर्ष मूनिका ६० जना बालबालिकालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको थियो । कार्यक्रम मेचीगर— ५ स्थित बालकल्याण मावि परिसरमा भएको थियो ।

कार्यक्रममा वडानम्बर— ५ मा रहेका सामुदायिक विद्यालय मेची आधारभूत र बाल कल्याण माविगरी दुईवटा विद्यालयका ६० जना बालबालिकालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । कार्यक्रममा मेचीनगर नगरपालिका कार्यपालिका सदस्य माया प्याकुरेल, वडा नम्बर —५ का वडासदस्य देविमाया विक, बाल कल्याण माविका प्रधानध्यापक नारायण न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुपेन्द्र गिरी, सदस्य खगेन्द्र भण्डारी, बाल शिक्षक रुमा रौतिया चित्रा घिमिरेलगायतको सहभागिता रहेको थियो ।

रोटरी क्लव अफ काँकरभिट्टाका सन् २०२३–२४ का अध्यक्ष इञ्जिनियर रूद्र मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा सन २०२३–२४ का सचिव भगिरथ राईले सञ्चालन गर्नुभएको थियो । क्लबका पूर्व अध्यक्ष दिलीप सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश र नोमिनी प्रेसिडेन्ट उदयकमार श्रेष्ठले सहभागी सवैलाई शब्दमार्फत स्वागत गर्नुभएको थियो । क्लबकातर्फबाट पूर्व अध्यक्ष राजु मर्हजनले धन्यवाद ज्ञापान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.