श्रमिकको न्यूनतम पारिश्रमिक बढेर १७ हजार ३०० पुग्यो : सामाजिक सुरक्षा अनिवार्य

A notice in Nepali from Mechinagar Ward No. 10

१ भदौं, झापा : सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो।

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागुहुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको हो।

आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्तासहित १७ हजार पुगेको हो। यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ थियो।

त्यस्तै दैनिक पारिश्रमिक ६६८ रूपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको हो। आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको हो।

चिया बगानका श्रमिकको मासिकरूपमा न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ  पुगेको छ । दैनिक पारिश्रमिक ५०० रुपैयाँ पुगेको छ । अब चिया बगामा काम गर्नेहरूले प्रतिघण्टा न्यूनतम ६६ रुपैयाँ पाउने छन् ।

चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ ।

मन्त्रालयले न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले कुनै रोजगार सम्झौता गर्न नपाइने भनेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.