ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा एकै दिन मनाउन सकिने

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहीबार (भोलि) एकै दिन ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन सकिने जनाएको छ । “हाम्रो धर्म, संस्कृति र परम्परा अनुकूल रहेको छ,” समितिले भनेको छ ।

अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ बजेर ३ मिनेटमा मात्र भद्रा सकिने भएकाले दिउँसाे रक्षाबन्धन गर्न नमिल्ने समितिले स्पष्ट पारेको छ ।

“रातको समयमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भोलिपल्ट नै गर्नु पर्ने देखिन्छ । हालसम्म रक्षाबन्धन र जनै पूर्णिमालाई अलगअलग गर्ने परम्परा पनि छैन र एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ,” समितिले विज्ञप्ति जारी गर्दै भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.