तातोपानी नाका आजदेखि खुल्ने

१५ भदौं, सिन्धुपाल्चोक : चीनसँगको उत्तरी सीमानाका तातोपानी आज (शुक्रबार)देखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो ।

गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ,” उनले भने ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिना अघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.