पूर्वमन्त्री श्रेष्ठ अकुत आर्जनमा भ्रष्टाचारी ठहर

A notice in Nepali from Mechinagar Ward No. 10

८ भदौं, काठमाडौँ : पूर्वमन्त्री रामकुमार श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दाका दोषी ठहर भएका छन्।

दुई वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार फैसला गर्दै विशेष अदालतका न्यायाधीश यमुना भट्टराई र खुशी प्रासद सारुको इजलासले श्रेष्ठलाई दोषी ठहर गरेको हो।

२०२६ सालबाट सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ २०६४ सालमा अवकास भएका थिए। पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए।

अख्तियारले श्रेष्ठले स्रोत विनाको ४ करोड ४५ लाख २७ हजार ६६८ आर्जन गरेको दाबी गरेको थियो।

६८ लाख ५० हजार ९ सय ५३ रुपैया बैक ब्यालेन्स देखिएकाले उक्त रकम जफत गर्न र बिगो बापत्को बाँकी रकम उनको जायजेथाबाट असुलउपर गर्न अख्तियारले मागदाबी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.